काठमाडौं भित्र सवारी पास लिन अब ईमेल र फेसबुक पेजबाट मात्रै निवेदन दिन पाईने

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

काठमाडौं भित्र सवारी पास लिन अब ईमेल र फेसबुक पेजबाट मात्रै निवेदन दिन पाईने

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासका लागि आज जेठ २१ गतेदेखि ईमेल र फेसबुक पेजमार्फत मात्र निवेदन लिने भएको छ ।

कार्यालयले हालै सो बारेमा सार्वजनिक सूचना जारी गर्दै लकडाउनको समयमा सवारी पास बनाउनका लागि कार्यालयको ईमेल र फेसबुक पेजमा निवेदनका साथै प्रमाण खुल्ने कागजात पठाउन र पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र सम्पर्क गर्न भनेको हो ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुनसक्ने भएको भन्दै आजदेखि सवारी पासका लागि सोहि प्रकृया अपनाउन भनेको हो ।

यसबाहेक पुराना सवारी पासपनि थपिएको लकडाउन अवधिमा प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।

यदि तपाईँलाई पनि सवारी पास आवश्यक छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंको यो ईमेल ठेगाना [email protected] वा फेसबुक पेजमा Facebook.com/daokathmandu गएर निवेदन दिन सक्नुहुनेछ ।

easy care

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

ताजा समाचार