सिम कार्ड र मेमोरी कार्डमा ५ प्रतिशत अन्तशुल्क कर, हेडफोन र ईयरफोनमा १० प्रतिशत लिईने

Technology Khabar १६ जेष्ठ २०७७, शुक्रबार

सिम कार्ड र मेमोरी कार्डमा ५ प्रतिशत अन्तशुल्क कर, हेडफोन र ईयरफोनमा १० प्रतिशत लिईने

काठमाडौं ।

आगामी वर्षदेखि सरकारले स्मार्ट कार्डहरुमा ५ प्रतिशत अन्तशुल्क दर लिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि सरकारले सो व्यवस्था गर्दै सिम कार्ड मेमोरी कार्ड दुबैमा अन्तशुल्क लिने घोषणा गरेको हो ।

आर्थिक ऐनअनुसार आगामी आवदेखि सरकारले हेडफोन र ईयरफोनमा १० प्रतिशत अन्तशुल्क लगाउन सकिने उल्लेख छ ।

तर स्मार्ट कार्डहरुमा भने भन्सार शुल्क माफी दिईएको छ ।

यसका साथै डिजिटल क्यामराहरु र टेलिभिजन क्यामराहरु तथा भिडियो क्यामरा रेकर्डरहरुमा सरकारले बजेटमार्फत ५ प्रतिशत अन्तशुल्क लिनेछ ।

 

easy care

प्रकाशित: १६ जेष्ठ २०७७, शुक्रबार