चाइना यूनिकम र जेडटिई मिलेर ६जी प्रविधिमा अनुसन्धान गर्ने, १ टिबी प्रतिसेकेण्ड डाटा रेटको लक्ष्य

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

चाइना यूनिकम र जेडटिई मिलेर ६जी प्रविधिमा अनुसन्धान गर्ने, १ टिबी प्रतिसेकेण्ड डाटा रेटको लक्ष्य

काठमाडौं ।

गएको आईतवार अर्थात मे १७ तारिखका दिन मनाईएको विश्व दूरसञ्चार दिवसको अवसरमा चाइना यूनिकम र जेडटिईले ६जीको लागि संयुक्त रणनीतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो रणनीतिक सहकार्यअन्तरगत दुबै पक्षहरुले ६जीको क्षेत्रमा आफ्नो आविश्कारहरुको फाईदाहरुर्लाइ पुरै उपयोग गर्नेछन् ।

यी दुबै कम्पनीहरुले सिक्सजी संयुक्तरुपमा खोज गर्न लक्षित भिजन र प्रविधि प्रवृत्तिका साथै ६जी सिस्टमको लागि संभावित प्रमुख प्रविधिहरुमा अनुसन्धान गर्नेछन् । र यसले चाइना यूनिकमको नेटवर्क तथा बिजनेस अवस्थाहरुलाई प्रकाश पार्नेगरि प्रविधिगत आविश्कार तथा स्तरमा सहकार्य गर्नेछ ।

चाइना यूनिकम र जेडटिईएले एकातर्फ ६जी प्रविधिको आविश्कार र स्तर प्रबद्र्धन गर्न का मगर्नेछन भने अर्कोतर्फ ६जी लाई स्याटेलाइट नेटवर्कहरु, इन्टरनेट अफ थिंग्स, इन्टरनेट भेहिकल्स र औधोगिक इन्टरनेटमा गहिरो एकीकृत गर्दै अपरेटरको सेवाहरु र अन्य सेवाहरु बिस्तार गर्नेछन् ।

जेडटिईले सिक्सजी नेटवर्क सन् २०३० मा देखिने बताएको छ । जहाँ दुबै पक्षहरुले ६जीको उच्च संभावित प्रमुख प्रविधिहरुमा अनुसन्धान गर्नेछन्, जसमा एयर स्पेस एकीकृत प्रविधि, टेराहर्ज कम्युनिकेशन टेक्नोलोजी, र भिजिबल लाइट कम्युनिकेशन टेक्नोलोजी समावेश छन् ।

उनीहरुको ६जी नेटवर्कले १ टेराबाईट प्रतिसेकेण्डको डाटा रेट समाउन सक्नेछ भने २० जीबी प्रति सेकेण्डको प्रयोगकर्ता डाटा रेट र १०० जीबी प्रति सेकेण्ड क्षमता हुनेछ । एजेन्सीका साथ

easy care

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार