शाओमीका सिईओ लेई जुन आईफोन प्रयोग गरिरहेको भेटिए, शाओमी प्रयोगकर्तालाई बनाए निराश

Technology Khabar ३१ बैशाख २०७७, बुधबार

शाओमीका सिईओ लेई जुन आईफोन प्रयोग गरिरहेको भेटिए, शाओमी प्रयोगकर्तालाई बनाए निराश

काठमाडौं ।

एप्पलको आईफोन विश्वभर निकै लोकप्रिय रहेकोछ भने सेलेब्रेटीहरु र धनाढ्यहरुको पहिलो रोजाईमा पर्ने गर्दछ । अझ चीनजस्तो आइफोन क्रेज भएको देशमा त हरेकले आईफोन किन्ने सपना बनाएका हुन्छन् ।

तर एप्पलकै प्रतिस्पर्धी कम्पनीका सिईओले पनि आईफोन प्रयोग गर्दछन भन्ने सुन्दा भने अनौठो लाग्दछ । जसको बारेमा प्रश्न उठ्नु पनि स्वभाविक हो ।

हालै चिनियाँ स्मार्टफोन मेकर शाओमीका सिईओ लेई जुनले आईफोन प्रयोग गरिरहेको भेटिएको छ । उनले चीनियाँ सोशल मिडिया प्लेटफर्म वेबोमा हालै गरेको एक पोस्टबाट उनी आईफोन प्रयोग गरिरहेको जानकारी बाहिर आएको हो ।

चिनियाँ स्मार्टफोन कम्पनीका को-फाउण्डर जुनले हालै वेबोमा केहि पुस्तकहरु सिफारिस गरेर पोस्ट गरेका थिए जसमा वेबोले उनको डिभाइस आईफोन भएको देखाएको थियो ।

उनले त्यो पोस्ट पछि डिलिट गरेका थिए । तर त्यसबेलासम्म त्यो भाइरल भईसकेको थियो । उनका शाओमी पार्टनर पान जिताङ्गले उनको पक्षमा समर्थन गरेका थिए । उनले एउटा मोबाइल फोन कम्पनीको धनी वा प्रडक्ट म्यानेजरले एप्पल, सामसङ, वा अन्य प्रतिस्पर्धी कम्पनीका फोनहरु प्रयोग नगर्नु भन्ने ईपोक्रिटिकल भएको बताए । उनले अन्य प्रडक्टहरुमा हुने प्रविधिगत आविस्कारहरु र त्यसमा हुने विकासलाई अगाडि बढाउनु यस्तो हुने जिकिर गरेका छन् ।

यसअघि पनि विभिन्न ब्राण्डका प्रमुख वा मेनेजरहरुले आईफोन प्रयोग गरेको जानकारी भेटिएको थियो ।

तर शाओमीका प्रमुखले नै अर्को ब्राण्डको फोन प्रयोग गरेपछि त्यसले शाओमी फ्यानहरुलाई भने दुखित र अनादर गरिएको जस्तो भएको बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: ३१ बैशाख २०७७, बुधबार