साईबर ब्यूरोको नाम दूरुपयोग गरेर फ्रड फोनकल र ईमेल गरिँदै, सचेत हुन प्रहरीको आग्रह

Technology Khabar ३० बैशाख २०७७, मंगलवार

साईबर ब्यूरोको नाम दूरुपयोग गरेर फ्रड फोनकल र ईमेल गरिँदै, सचेत हुन प्रहरीको आग्रह

काठमाडौं ।

नेपाल प्रहरीको साईबर ब्यूरोले आफ्नो कार्यालयको नाममा फोन ईमेललगायतबाट व्यक्तिगत जानकारीहरु मागेर दूरुपयोग गरिएको भन्दै सचेत हुन सबैलाई आब्हान गरेको छ ।

साईबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गरेर फोन, ईमेल लगायत कुनैपनि माध्यमबाट आफ्नो बारेमा जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य वा कुनैपनि किसिमकोसूचना आदान प्रदान नगर्नु हुन र सोको बिबरण ब्यूरो वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

ब्यूरोले यस्तो गतिबिधिमा अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ ।

पछिल्लो दिनहरुमा साइबर ब्यूरोले विभिन्न सामाजिक संजालको दूरुपयोगको घट्नामा अनुसन्धान गरिरहेको छ ।

यसअघि ब्यूरोले सामाजिक संजालबाट तस्विरहरु डाउनलोड गरेर रेडिटको प्राइभेट ग्रुपमा अनाधिकृत रुपमा प्रयोग भईरहेको भन्दै अनुसन्धान शुरु गरेको थियो । त्यसका साथै कोभिड-१९ को बारेमा अफवाह फैलाउनेहरुलाई समेत पक्राउ गर्दै आएको छ ।

‘म साईबर क्राईमबाट प्रहरी बोलेको, साईबर सेक्यूरिटीबाट कल गर्दैछौं, भन्ने जस्ता भ्रामक बिबरण र प्रहरीको हवाला दिँदै केही समयदेखि अपरिचित व्यक्तिहरुले अश्लिल फोटो भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने, सामाजिक संजालमा पोस्ट गरि चरित्र हत्या गर्ने जस्ता कृयाकलापहरु गर्ने गरेकोले यस्ता किसिमका घट्नाको अनुसन्धान यस साईबर ब्यूरोबाट भईरहेको व्यहोरा जानकारी गराउँदछौं ।’ सूचनामा भनिएको छ ।

easy care

प्रकाशित: ३० बैशाख २०७७, मंगलवार

ताजा समाचार