अनलाइन गेम फोर्टनाइटका प्रयोगकर्ताहरु साढे ३ करोड नाघ्यो

Technology Khabar २७ बैशाख २०७७, शनिबार

अनलाइन गेम फोर्टनाइटका प्रयोगकर्ताहरु साढे ३ करोड नाघ्यो

काठमाडौं ।

अनलाइन गेम फोर्टनाइटका प्रयोगकर्ताहरु साढे ३ करोड नाघेका छन् । हालै ईपिक गेम्सले फोर्टनाइटको प्रयोगकर्ताहरुको तथ्यांक सार्वजनिक गर्दै ३ करोड ५० लाख नाघेको जानकारी दिएको छ ।

कम्पनीकाअनुसार सन् २०१७ मा यो गेम लन्च भएदेखि हालसम्मको तथ्यांक हो । जसमध्ये १ करोड त गएको २०१९ मार्चमहिनादेखि हालसम्ममा थपिएका हुन् ।

फोर्टनाइटमा गएको अप्रिलमा मात्रै ३.२ अर्ब घण्टा गेम खेलिएको रेकर्ड दर्ता भएको छ । यसबोहक फोर्टनाइटले गत महिना आयोजना गरेको ट्राभिस स्कट्स एस्ट्रोनोमिक कन्सर्टका सहभागीहरुको संख्यामा पनि रेकर्ड दर्ता गरेकोछ । ईपिक गेम्सकाअनुसार भर्चुअल शोमा १ करोड २३ लाख खेलाडीहरु निरन्तर सम्पर्कमा रहेका थिए । जसमा कुल सहभागीताको हिसाब हेर्दा २ करोड ७७ लाख यूनिक प्लेयर्स रहेका थिए ।

फोर्टनाइट गेम मेकर ईपिकले हालैमात्र गूगल प्ले स्टोरमा सरेण्डर गर्दै पुन राखेको थियो । यसअघि सन् २०१८ मा कम्पनीले एन्ड्रोयडको आधिकारीक स्टोर प्रयोग नगर्ने भन्दै गूगलले ईन एप पर्चेजमा लिने गरेको कमिशन आफैंले राखेको थियो ।

करिब १८ महिनासम्म एन्ड्रोयडका प्लेयरहरुले प्ले स्टोर बाहिर गएर गेम डाउनलोड गर्नुपरेको थियो । यसले गर्दा प्लेयरहरुलाई प्ले स्टोरबाट सेक्यूरिटी नोटिफिकेसन आउने गर्दथ्यो ।

गूगल प्ले प्रोटेक्टले सामान्यतया प्ले स्टोरभन्दा बाहिरका सफ्टवेयरलाई ब्लकगर्ने गर्दछ ।

यहि कारणले गर्दा ईपिकले पुन प्ले स्टोरमा फोर्टनाईटलाई ल्याएको हो ।

easy care

प्रकाशित: २७ बैशाख २०७७, शनिबार