सामाजिक संजालका तस्विर ‘रेडिट’मा अनधिकृत प्रयोग भएकोमा साइबर ब्यूरोको अनुसन्धान शुरु

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

सामाजिक संजालका तस्विर ‘रेडिट’मा अनधिकृत प्रयोग भएकोमा साइबर ब्यूरोको अनुसन्धान शुरु

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले रेडिटमा ग्रुप बनाएर तस्विरहरु दूरुपयोग गरेको घट्नामा अनुसन्धान थालेको जानकारी दिएको छ।

केन्द्रिय साइबर ब्यूरोले सामाजिक संजालका विभिन्न प्लेटफर्महरुबाट तस्विर डाउनलोड गरी रेडिटको ग्रुपमा अनधिकृतरुपमा प्रयोग गरिएको बारेमा अनुसन्धान शुरु गरिएको जानकारी दिएको हो ।

यसअघि रेडिटको नेप्लिजबेब्स प्राइभेट ग्रुपमार्फत विभिन्न नेपाली महिलाहरुको तस्विर सामाजिक संजालबाट तानेर त्यसमा अश्लिल कमेन्टहरु गरिने गरेको भन्दै साइबर सेलमा उजुरी परेको बताईएको छ ।

सोहि आधारमा साइबर ब्यूरोले अनुसन्धान शुरु गरेको बताएको हो।

रेडिटमा रहेको ‘नेप्लिजबेब्स’ले सिमित मानिसहरुलाई मात्र लगइन गरेर अनुमति दिने गरेको छ भने यो ग्रुपमा २ हजार भन्दा बढि सदस्यहरु रहेको देखिन्छ । यो ग्रुपमा सदस्य बन्नका लागि अर्को सदस्यले वा मोडरेटरले अनुमति दिएपछि मात्र सदस्य हुन पाईने लेखिएको छ ।

जहाँ ‘रिभेन्ज पोर्न’ र ‘चाइल्ड पोर्न’को विरुद्ध लड्न ग्रुप बनाईएको दाबी गरिएको छ ।

easy care

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार