सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

Technology Khabar २१ बैशाख २०७७, आईतवार

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

काठमाडौं ।

सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ ।

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ।

यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईलमार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

ताजा समाचार