सामसङले ग्यालेक्सी फोल्ड २ ल्याउँदै, सस्तो मूल्य र सुधारिएको फीचरसहित एस पेन सपोर्ट

Technology Khabar १७ बैशाख २०७७, बुधबार

सामसङले ग्यालेक्सी फोल्ड २ ल्याउँदै, सस्तो मूल्य र सुधारिएको फीचरसहित एस पेन सपोर्ट

काठमाडौं ।

सामसङ आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्डको दोस्रो संस्करण ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने ‘ग्यालेक्सी फोल्ड २’ फोन भने अहिलेको भन्दा सस्तो र सुधारिएको हुने अनुमान गरिएको छ ।

डिस्प्ले सप्लाई चेन कन्सल्ट्यान्टसका सिईओ रोज योङ्गले सो बारेमा विभिन्न जानकारीहरु सार्वजनिक गरेका छन् ।

जसअनुसार नयाँ फोल्ड फोनको मूल्य १,७८० अमेरिकी डलरदेखि १,८८० अमेरिकी डलरको बिचमा हुनेछ । यसअघिको ग्यालेक्सी फोल्डको मूल्य १,९८० अमेरिकी डलर थियो।

त्यसैगरि नयाँ फोल्डेबल स्मार्टफोन आगामी अगस्टमा सार्वजनिक हुने ग्यालेक्सी नोट सिरिजको नयाँ फोनसँगै लन्च हुनेछ भने यसको शिपमेन्ट सेप्टेम्बरदेखि हुने बताईएको छ।

नयाँ फोल्डेबल स्क्रीनले एस पेन स्टायलस सपोर्ट गर्नेमा कुनै संका छैन् । यो फोनको मुख्य डिस्प्ले ७.५९ इन्चको हुनेछ भने पिक्सेल रिजोल्युशन १,६८९X२,२१३ पिक्सेल हुनेछ । यसमा अल्ट्रा थिन ग्लास प्रयोग हनेछ, यस्तो डिस्प्ले यसअघि ग्यालेक्सी जेड फ्लिपमा प्रयोग भएको थियो । त्यसैगरि डिस्प्ले १२० हर्ज रिफ्रेस रेटसहित आउनेछ।

फोनको दोस्रो स्क्रीन भने केहि सुधारिएको हुनेछ जसमा ६.२३ इन्चको प्यानल प्रयोग हुनेछ भने रिफ्रेस रेट ६० हर्ज हुनेछ । यसमा सेल्फीका लागि पन्च होल क्यामरा राखिनेछ ।

ग्यालेक्सी फोल्ड २ मा ६४ मेगापिक्सेलको मुख्य क्यामरा सेन्सरका साथमा १२ मेगापिक्सेल तथा १६ मेगापिक्सेलको क्यामरा हुनेछ ।

सामसङ ग्यालेक्सी फोल्ड २ ले ५जी कनेक्टिभिटी सपोर्ट गर्नेछ तर यसको स्टोरेज क्षमता भने २५६ जीबी मात्र हुनेछ । एजेन्सी

easy care

प्रकाशित: १७ बैशाख २०७७, बुधबार