सञ्चारसहित यातायात र भण्डारण क्षेत्रको वृद्धिदरमा २.४५ प्रतिशतले कमी आउने प्रक्षेपण

Technology Khabar १७ बैशाख २०७७, बुधबार

सञ्चारसहित यातायात र भण्डारण क्षेत्रको वृद्धिदरमा २.४५ प्रतिशतले कमी आउने प्रक्षेपण

काठमाडौं ।

कोभिड-१९को महामारीले विश्व अर्थतन्त्र नै समस्यामा परेको बेला नेपालको आर्थिक वृद्धिदर समेत खुम्चिने भएको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने देखिएको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार संचारको क्षेत्रमा पनि समग्रमा कमी आएको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांकअनुसार यातायात, सञ्चार तथा भण्डारणको संयुक्त क्षेत्रले कुल ग्राहर्स्थ्य उत्पादनमा ६.४२ प्रतिशतको योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

यसैगरि अघिल्लो वर्षको तुलनामा चालु वर्ष यो क्षेत्रमा २.४५ प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ ।

समग्रमा यो क्षेत्रको आर्थिक वृद्धिदर नकारात्मक भएपनि सञ्चार क्षेत्रको वृद्धिदर भने सकारात्मक रहेको बताईएको छ ।

विभागका एक तथ्यांक अधिकारीकाअनुसार सञ्चार उपक्षेत्रको वृद्धिदर सकारात्मक रहेको छ तर अन्य उप क्षेत्रहरुले गर्दा सो क्षेत्रको वृद्धिदर नकारात्मक देखिएको हो।

‘सञ्चारको मात्रै हेर्ने हो भने राम्रो छ तर यातायातमा पारेको असरले गर्दा यो क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो, हामी संचारको पनि छुट्टै एकिकृत तथ्यांक बनाउँदैछौं,’ ती अधिकारीले भने ।

easy care

प्रकाशित: १७ बैशाख २०७७, बुधबार