भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले अब ओर्याकलको क्लाउड कम्प्यूटिङ्ग सर्भिस प्रयोग गर्ने

Technology Khabar १७ बैशाख २०७७, बुधबार

भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले अब ओर्याकलको क्लाउड कम्प्यूटिङ्ग सर्भिस प्रयोग गर्ने

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग एप जूमले ओर्याकल कर्पको क्लाउड कम्प्यूटिङ्ग सर्भिस प्रयोग गर्न शुरु गरेको छ । जूम भिडियो कम्युनिकेशन्स इंकले हालै ओर्याकलको क्लाउड सर्भिस प्रयोग गरेर कोरोनाभाइरसको महामारीले बढाएको अनलाइन भिडियो कलको मात्रालाई नियमित गर्ने बताएको छ ।

पछिल्लो दिनमा विभिन्न कम्पनीहरु र विद्यालयहरुले समेत घरबाटै का मगर्न थालेको र अनलाइन कक्षाहरु शुरु गरेको बेलामा अर्बौ मानिसहरु जूनमा कनेक्टेड भएका छन् ।

जूमले गएको डिसेम्बरमा १ करोड प्रयोगकर्ताहरुबाट हाल ३० करोड प्रयोगकर्ता पुगेको जानकारी गराएको थियो । तर यसका साथै कम्पनीको प्राइभेसी र सेक्यूरिटी कमजोरी पनि बाहिर आएको थियो ।

जूमले समस्याहरुलाई ९० दिनभित्र समाधान गर्ने बताईसकेको बेलामा उच्च गतिमा बढिरहेको प्रयोगकर्ताहरुको ट्राफिक मिलाउन थप कम्प्यूटर पावर आवश्यकपरेको थियो ।

यसैअन्तरगत ओर्याकलले जूमसँग सो डिल गरेको हो । यो डिलमार्फत ओर्याकल पनि अन्य कम्पनीह अमेजन, माइक्रोसफललगायतका ठूला प्रतिस्पर्धीसँग बजारमा उत्रिएको छ । कम्पनीले नयाँ जेनेरेशनको क्लाउड टेक्नोलोजी बिक्री गरिरहेको छ ।

ओर्याकलको क्लाउड सर्भिसले अहिले करोडौं मिटिङ्गहरु जूममार्फत मिलाईरहेको बताएकोछ जसमा दैनिक ओर्याकलको सर्भरहरुमार्फत जूमको ७० लाख गीगाबाईट डाटाहरु गईरहेको देखिएको छ ।

जूमको सर्भिस विभिन्न डाटा सेन्टरहरुमार्फत संचालनभईरहेको छ। जहाँ कम्पनीको आफ्ना डाटा सेन्टर छ भने क्लाउड सर्भिसका लागि अमेजनको वेम सर्भिसेज, माइक्रोसफ्टको एजुरका साथै अब भने ओर्याकलको क्लाउड सर्भिस प्रयोग गरेको छ ।

जूम र ओर्याकलका कार्यकारीहरुले भने की उनीहरुको ईन्जिनियर टिमहरुले संयुक्तरुपमा दैनिक काम गरिरहेका छन र जूमको ट्राफिक मिलाउन सिस्टम संचालन गरिरहेका छन् । एजेन्सी

easy care

प्रकाशित: १७ बैशाख २०७७, बुधबार