ह्वाट्सएपमा भाइरल मेसेज पठाउने क्रममा ७० प्रतिशतको कमी

Technology Khabar १६ बैशाख २०७७, मंगलवार

ह्वाट्सएपमा भाइरल मेसेज पठाउने क्रममा ७० प्रतिशतको कमी

काठमाडौं ।

मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा उच्चमात्रामा फरवार्ड गरिने भाइरल मेसेजहरुको संख्यामा निकै कमी आएको बताएको छ ।

फेसबुकको अधिनमा रहेको कम्पनीले प्लेटफर्ममा कोरोनाभाइरस बारेको भ्रामक र गलत संदेशहरु फरवार्ड गर्ने क्रममा ७० प्रतिशतसम्मको कमी आएको बताएको हो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको महामारीको बारेमा फेक न्यूज तिब्रगतिमा फैलनुलाई ‘इन्फो-डेमिक’ भनेर उल्लेख गरेको थियो ।

जसले गर्दा भ्रामक र गलत जानकारीहरु फैलनबाट रोक्न दुई साता अगाडि मात्रै ह्वाट्सएपले मेसेज पठाउने संख्यालाई सिमित गर्दै एकजनाले केलब ५ पटक वा पाँच जनालाई मात्र मेसेज पठाउन सक्ने तथा च्याट ग्रुपमा पोस्ट गर्नसक्ने नियम ल्याएको थियो ।

सोहि नियमले गर्दा ह्वाट्सएपमा मेसेज फरवार्ड गर्नेक्रममा ७० प्रतिशतको कमी आएको जानकारी दिएको हो ।

कम्पनीले नयाँ नियम ल्याएपनि अझै भ्रामक सूचनाहरु रोक्न धेरै काम गर्नुपर्ने देखिएको विज्ञहरुले बताएका छन् ।

मेसेजिङ्ग प्लेटफर्मका प्रवक्ताले भने, ‘ह्वाट्सएप भाइरल मेसेजहरुलाई रोक्न आफ्नो तर्फबाट गर्नुपर्ने कामहरुको बारेमा प्रतिबद्ध छ । यो परिवर्तनले ह्वाट्सएपलाई व्यक्तिगत र निजी कुराकानीको लागि स्थान बनाउन सहयोग गर्दछ ।’

easy care

प्रकाशित: १६ बैशाख २०७७, मंगलवार