कोभिड-१९ संक्रमितलाई ट्रेसिङ्ग गर्न ‘कोभिड एनपी’ एप ल्याउँदै सरकार, प्रधानमन्त्रीले सार्वजनिक गर्ने

Technology Khabar १३ बैशाख २०७७, शनिबार

कोभिड-१९ संक्रमितलाई ट्रेसिङ्ग गर्न ‘कोभिड एनपी’ एप ल्याउँदै सरकार, प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं ।

सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने भएको छ। सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको हो।

हाल अन्तिम चरणमा रहेको सो एपको नाम कोभिड एनपी रहेको छ । यो एपले ब्लूटूथ ट्राकिङ्ग मार्फत कोरोनाभाइरसको संभावित संक्रमितहरुलाई पत्ता लगाउन सहयोग गर्न सक्दछ ।

यसअघि गत चैत्र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको संक्रमितहरुको पहिचान गर्न एउटा ट्रेसिङ्ग एप बनाउने बताएका थिए ।

अहिले सोहि अनुसार सो नयाँ एप तयार पारिएको हो । सो एपको सबै काम सकिएको र संभवत केहि दिनमा नै औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिने तयारी गरिएको छ ।

प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले आज आयोजित भिडियो कन्फ्रेन्सिङ्गमार्फत भएको छलफलका क्रममा सो कोभिड एनपी नामक एप तयार भएको र केहि दिनभित्र लन्च हुने बताए ।

‘अहिलेको अवस्थामा डाटा सिर्जना र विश्लेषण गर्न तथा कोभिड १९ का विरुद्ध लड्न सो एपले सहयोग गर्नेछ,’ उनले भने ।

उनकाअनुसार यो एपले हाल भएका र छरिएर रहेका सरकारी डाटाहरुलाई एकिकृत गर्न सहयोग पुर्याउनेछ । उनले स्वास्थ्य मन्त्रालयले बनाएको हाम्रो स्वास्थ्य एप पनि साथै प्रयोग गरिने जानकारी दिए ।हाल गूगल प्ले स्टोरमा उपलब्ध रहेको सो एप यहि अप्रिल २१ तारिखमा अपडेट गरिएको छ भने यसको साइज ५.६ एमबी रहेको छ । हालसम्म केबल १० जना भन्दा बढिले यो डाउनलोड गरेका छन् ।

एपमा अनुमतिसहित लोकेसनको बारेमा समेत जानकारी दिने सुबिधा रहेको छ भने यसले तपाईँको फोन नम्बर हेर्नसक्ने सुविधा अर्थात अलाउ रिड फोन नम्बर भन्ने फीचर रहेको छ ।

यसबाहेक यो एपमा कोभिड १९ को परीक्षणको लागि प्रश्नोत्तरसहितको जानकारी छ । त्यस्तै यसले सार्वजनिक सूचनाहरु, विद्युतीय पास दिने र घरहरुमा आवश्यक पर्ने विषयहरुको बारेमा पनि जानकारी लिन सक्ने व्यवस्था रहेको छ ।

कोभिड १९ ट्रेसिङ गर्ने सो सरकारी एपबाट अनलाइन सपिङ्ग समेत गर्नसकिने सुविधा छ ।

यो एपलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हो।

तपाईँ पनि यो एप डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: १३ बैशाख २०७७, शनिबार

ताजा समाचार