क्वालकमले बिओईसँगको सहकार्यमा थ्रीडी सोनिक सेन्सरसहितको फ्लेक्जिबल प्यानल बनाउने

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

क्वालकमले बिओईसँगको सहकार्यमा थ्रीडी सोनिक सेन्सरसहितको फ्लेक्जिबल प्यानल बनाउने

काठमाडौं ।

चीपमेकर कम्पनी क्वालकमले हालै बिओईसँग सहकार्य गर्ने घोषणा गरेको छ । बिओई विश्वको सबैभन्दा ठूलो एलसिडी निर्माता र ओएलईडी उत्पादक कम्पनी हो । यसबाहेक बिओईले सिमित फ्लेक्जिबल डिस्प्ले निर्माता कम्पनीहरुमध्येको एक कम्पनी पनि हो ।

यो सहकार्यमार्फत बिओईले एकिकृत ३डी सोनिक फिंगरप्रिन्ट सेन्सरहरुका साथमा फ्लेक्जिबल ओएलईडी प्यानलहरु उत्पादन गर्न सहयोग पुग्नेछ ।

क्वालकमको बिओईसँगको सहकार्यले भविश्यमा स्मार्टफोन निर्माता कम्पनीहरुलाई सम्पूर्ण सलुसनहरु बिक्री गर्न सहयोग हुनेछ । जसमा ओईएमहरुको लागि न्यून लागत लाग्नेछ भने कस्टम डिजाइनका साथमा सहज इन्टिग्रेसन गर्न मद्धत पुग्नेछ । यसमा फोन निर्माता कम्पनीहरुलाई सम्पूर्ण रिसर्च एण्ड डेभलपमेन्ट प्रोसेसरमा जानुपर्ने आवश्यक हुँदैन् ।

नयाँ सहकार्यको घोषणाका साथमा सन् २०२० को दोस्रो अर्ध वार्षिकमा ग्राहकहरुसम्म पुग्ने डिभाइसहरु एकिकृत सिस्टमका साथमा आउने अपेक्षा गरिएको छ ।

यसबाहेक क्वालकम र बिओईको सहकार्य स्मार्टफोन प्यानल निर्माण भन्दा अगाडि बढेर दुबै कम्पनीहरुले रुची दिएको आईओटी सिस्टमको विकासमा संयुक्तरुपमा हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

ताजा समाचार