सिस्कोले आफ्ना ग्राहकहरुलाई २ अर्ब ५० करोड डलर वित्तीय सहयोग दिने

Technology Khabar ४ बैशाख २०७७, बिहीबार

सिस्कोले आफ्ना ग्राहकहरुलाई २ अर्ब ५० करोड डलर वित्तीय सहयोग दिने

काठमाडौं ।

सिस्कोले आफ्ना ग्राहकहरुलाई उनीहरुको नेटवर्क अपग्रेडलाई निरन्तरता दिन २ अर्ब ५० करोड डलर वित्तीय सहयोग गर्ने भएको छ। कम्पनीले कोरोनाभाइरसका कारण वित्तीय समस्या आएपछि सो वित्तीय सहयोग उपलब्ध गराउने भएको छ ।

सिस्कोको सो वित्तीय सहयोग सिस्को क्यापिटलमार्फत उपलब्ध हुनेछ भने यसमा ९० दिनको होलिडे अन पेमेन्ट्स प्रदान गर्नेछ भने यसमा लागतको ९५ प्रतिशत सन् २०२१ मा आउने नयाँ प्रडक्टको लागि प्रयोगगर्न सकिनेछ ।

जनवरी २०२१ देखि शुरु हुने यो सहयोगमा ग्राहकहरुले त्यसपछि मासिकरुपमा कुल वित्तीय सहयोग रकमको आधारमा भुक्तानी गर्न सक्नेछन् ।

यो कार्यक्रमअन्तरगत सिस्कोका सम्पूर्ण प्रडक्टहरु योग्य गरिएका छन्, जसमा सिस्को रिफ्रेश प्रोग्रामअन्तरगतको रिफर्बिस्ड सामाग्रीहरु समेत समावेश छन् । त्यसका साथै इन्स्टलेशन जस्ता पार्टनरहरुले उपलब्ध गराउने सेवाहरुको ५ प्रतिशतसम्म उपलब्ध हुनेछ ।

बिजेनसहरु र पार्टनरहरुलाई सहयोगी हुने नगद प्रबाह र उनीहरुको व्यवसाय महामारी र त्यसपछि पनि संचालनमा रहोस भनेर यो कार्यक्रम संचालन गरिएको बताएको छ । एजेन्सी

easy care

प्रकाशित: ४ बैशाख २०७७, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार