वनप्लसको फ्ल्यागशिप स्मार्टफोनहरु वनप्लस ८ र वनप्लस ८ प्रो लन्च, दूबै फोनमा ५जी सर्पोट

Technology Khabar ३ बैशाख २०७७, बुधबार

वनप्लसको फ्ल्यागशिप स्मार्टफोनहरु वनप्लस ८ र वनप्लस ८ प्रो लन्च, दूबै फोनमा ५जी सर्पोट
वनप्लस ८ तथा वनप्लस ८ प्रो

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस ८ तथा वनप्लस ८ प्रो लन्च गरेको छ । कम्पनीले यसलाई अनलाइन लाइभ स्ट्रीमिङ्गबाट लन्च गरेको हो ।

दुबै स्मार्टफोनहरुमा ५जी सपोर्ट दिईएको छ ।

वनप्लस ८ प्रो(OnePlus 8 Pro)

कम्पनीले सार्वजनिक गरेको वनप्लस ८ प्रोमा क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर तथा एक्स ५५ ५जी चीपसेट छ भने यसको स्मार्टफोन ब्याट्री ४,५१० एमएएचको छ । फोनमा ३० वाटको र्याप चार्जिग सपोर्ट छ ।

प्रो भर्सनमा ६.७ इन्चको क्वाड एचडीप्लस डिस्प्ले राखिएको छ भने डिस्प्लेमा १२० हर्जको रिफ्रेश रेटको सपोर्ट छ । यो फीचरले गर्दा सामान्यतया नेभिगेसन र स्क्रोलिङ्गको समयमा उत्कृष्ट अनुभव हुनेछ ।

वनप्लस ८ प्रो स्मार्टफोनमा फोटोग्राफीको लागि ४ चार रियर क्यामरा अर्थात क्वाड क्यामरा सेटअप छ । यसको प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको छ भने अर्को ८ मेगापिक्सेल, तेस्रो ४८ मेगापिक्सेलको र चौथो ५ मेगापिक्सेलको क्यामरा राखिएको छ । सेल्फीका लागि भने फ्रन्टमा १६ मेगापिक्सेलको क्यामरा रहेको छ ।

प्रो भर्सनमा दुई भेरिएन्ट लन्च गरिएको छ । एउटा ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज छ भने अर्को १२ जीबी र्याम ताथ २५६ जीबी स्टोरेज रहेको छ ।

 

वनप्लस ८(OnePlus 8)

अर्को भर्सन वनप्लस ८ मा भने कम्पनीले ६.५५ इन्चको फूलएचडी प्लस ९० रिफ्रेस रेट भएको डिस्प्ले राखिएको छ ।

फोनमा प्रो भर्सनकै जस्तो प्रोसेसर भएपनि क्यामरा सेटअप भने फरक छ । वनप्लस ८ मा कम्पनीले ट्रिपल रियर क्यामरा सेटअप राखेको छ । जसमा ४८ मेगापिक्सेल, १६ मेगापिक्सेल र २ मेगापिक्सेलको क्यामरा छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

यो फोनमा पावरको लागि ४,३०० एमएएचको ब्याट्री प्याक रहेको छ भने फास्ट चार्जिग सर्पोट उपलब्ध छ ।

वनप्लसमा पनि कम्पनीले दुई भेरिएन्ट ल्याएको छ । जसमा एउटा ८ जीबी तथा १२८ जीबी स्टोरेजको बेस भेरिएन्ट छ भने अर्को ८ जीबीका साथमा २५६ जीबी स्टारेज अप्सन छ ।

दुबै स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी एलटिई, ५जी, वाईफाई ६ र ब्लूटूथ ५.१, यूएसबी ३.१, एनएफसी, जीपीएसलगायत राखिएको छ भने दुबै फोनहरुमा इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सर, एक्सेलोमीटर, इलेक्ट्रोनिक कम्पास, जाइरोस्कोफ, प्रोक्सिमिटीलगायतका सेन्टरहरु छन् ।

मूल्य वनप्लस ८ को १२८ जीबी स्टोरेज अप्सनको मूल्य ६९९ अमेरिकी डलर छ भने २५६ जीबी स्टोरेजको मूल्य ७९९ अमेरिकी डलर छ ।

त्यस्तै वनप्लस ८ प्रोको ८ जीबी र्याम भएको भेरिएन्टको मूल्य ८९९ डलर तथा १२ जीबी र्याम अप्सनको मूल्य ९९९ डलर तोकिएको छ । यी फोनहरुको बिक्री २१ अप्रिलदेखि बेलायतमा तथा २९ अप्रिलदेखि अमेरिकी बजारमा उपलब्ध हुनेछ भने प्रि अर्डर शुरु भएको छ ।

नेपाली बजारमा संभवत यो स्मार्टफोन आउँछ वा आउँदैन भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: ३ बैशाख २०७७, बुधबार

ताजा समाचार