इन्टरनेट ब्राउजर फायरफक्सको नयाँ भर्सन सार्वजनिक, नयाँ एड्रेस बारका साथमा नयाँ फीचर

Technology Khabar २७ चैत्र २०७६, बिहीबार

इन्टरनेट ब्राउजर फायरफक्सको नयाँ भर्सन सार्वजनिक, नयाँ एड्रेस बारका साथमा नयाँ फीचर

काठमाडौं ।

इन्टरनेट ब्राउजर कम्पनी मोजिल्लाले फायरफक्सकोे नयाँ भर्सन सार्वजनिक गरेको छ । मोजिल्लाले नयाँ एड्रेस बारसहितको भर्सन ७५ लन्च गरेको हो ।

मोजिल्लाले एड्रेस बारमा नयाँ सुधार गर्दै त्यसलाई ठूलो आधारमा ल्याएको छ भने त्यसमा लेखिने फन्टको साइज पनि ठूलो बनाएको छ । यसैगरि यसको फंगसनलाई सरलिकृत गरेको छ ।

यसले छोटो यूआरएलहरु देखाउने छ भने तपाईँले सर्च गरेको लोकप्रिय साइटहरुको सूची पनि छोटकरीमा देखाउँछ ।

यसका साथै सर्चलाई पनि सुधार गरिएको छ । जसले गर्दा यूजर्सलाई छिटो सर्च गर्न सहज हुनेछ भने लोकप्रिय शब्दहरु पनि सुझाब दिनेछ ।

एड्रेस बारमा क्लिक गर्ने बित्तिकै तपाईँले अधिक मात्रामा खोजेको वा हेरेको बेबसाइट देखाउनेछ । यदि तपाईँले कुनै साइट अगाडि नै खोलेर बन्द गर्नुभएको थियो तर त्यसको एड्रेस बिर्सिनुभयो भने पनि त्यहाँ देख्न सकिनेछ ।

मोजिल्लाकाअनुसार विश्वभर हाल २५ करोड सक्रिय यूजर्स आबद्ध रहेका छन् उनीहरु सबैले नयाँ भर्सन प्रयोग गर्न सक्नेछन् ।

easy care

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार