फेसबुकले समाचार संस्थाहरुलाई सहयोग स्वरुप १०० मिलियन डलर उपलब्ध गराउने

Technology Khabar १८ चैत्र २०७६, मंगलवार

फेसबुकले समाचार संस्थाहरुलाई सहयोग स्वरुप १०० मिलियन डलर उपलब्ध गराउने

काठमाडौं ।

फेसबुकले कोरोनाभाइरसको महामारीका बिच अमेरिकामा दबाबलाई कमगर्न १०० मिलियन डलर विभिन्न समाचार संस्थाहरुलाई दिने भएको छ ।

जसमा स्थानिय प्रकाशनहरु समेत रहेका छन् । फेसबुक इंकले सोमबार वित्तीय तथा विज्ञापनजन्य खर्चहरुमार्फत सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।

भाइरससँग सम्बन्धित अनिश्चितताका कारण कयौं विज्ञापनदाताहरुले आफ्नो माकेटिंग बजेट रोकेका छन भने जसले प्रकाशकहरु विशेषगरि प्रिन्ट मिडिया समस्यामा परेको छ ।

भ्याटिकनको १६० वर्ष पुरानो समाचारपत्र एलओजर्भटोर रोमानोले गत साता मात्र आफ्नो प्रिन्ट रोकेको थियो । महामारीले गर्दा अन्य कयौं पत्रिकाहरु समस्यामा परेका छन् ।

फेसबुकको अनुदानमध्ये २५ मिलियन डलर स्थानिय मिडियाहरुका लागि आकस्मिक सहयोगअन्तरगत हुनेछ भने बाँकी ७५ मिलियन डलर संमाचार संगठनहरुको लागि विश्वभर बजारीकरण खर्चको रुपमा उपलब्ध गराउने बताएको छ ।

सोशल मिडिया जायन्टले पहिलो चरणमा अमेरिका र क्यानाडाका ५० स्थानिय न्यूजरुमहरुमा अनुदान जाने बताएको छ ।

शुक्रबार मात्र अर्को टेक कम्पनी गूगलको मुख्य संस्था अल्फाबेट इ्रकले ८०० मिलियन डलर रकम विभिन्न संस्थाहरुलाई अनुदानको रुपमा दिने घोषणा गरेको थियो ।

easy care

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार