विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बारे जानकारी दिन एप ल्याउँदै

Technology Khabar १५ चैत्र २०७६, शनिबार

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बारे जानकारी दिन एप ल्याउँदै

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) एक नयाँ एप शुरू गर्न तयारी गरेको छ। यो एप कोभिड-१९ सम्बन्धित जानकारीको लागि हो।

संस्थाले यसलाई WHO MyHealth को नाममा सुरू गर्ने छ।

डब्ल्यूएचओको यो एप एन्ड्रोइड, आईओएस र वेब एप्लिकेसनको लागि हुनेछ। यहाँ कोभिड-१९ सम्बन्धित सूचना, समाचार, सुझावहरू र अलर्टहरू थाहा पाउन सकिनेछ।

एक रिपोर्ट अनुसार, डब्ल्यूएचओले सोमबार आफ्नो एप लन्च गर्नेछ। यो सुरुवातबाटै एन्ड्रोइड र आईओएस प्लेटफर्महरूमा प्रयोग गर्न सकिनेछ।

रिपोर्टकाअनुसार यस एपले मुख्यतया कोविड-१९ सँग सम्बन्धी सल्लाहहरु समावेश छन् र यसमा डब्ल्यूएचओको नयाँ च्याटबोट पनि रहेको छ। यसबाट प्रश्नहरू गरेर उत्तर पनि लिन सकिन्छ।

यो रिपोर्टमा भनिएको छ कि WHO MyHealth एपले लोकेसनमा आधारित रहेर व्यक्तिलाई सूचना अलर्टहरू पठाउनेछ। यस बाहेक सो एपमा सेल्फ ट्राएज(Self triage) टूलको विकल्प पनि दिन सक्नेछ, जसले गर्दा आफ्नो कोभिड-१९ को बिस्तृत बिबरणहरु राखेर लक्षणहरू पत्ता लगाउन सकिन्छ। एजेन्सी

easy care

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

ताजा समाचार