एप्पलको ५जी आईफोन आउन अझै केहि समय लाग्ने, कोरोना भाइरसको कारण आपूर्ति प्रभावित

Technology Khabar १५ चैत्र २०७६, शनिबार

एप्पलको ५जी आईफोन आउन अझै केहि समय लाग्ने, कोरोना भाइरसको कारण आपूर्ति प्रभावित
एप्पल आईफोन ११ सिरिज

काठमाडौं ।

कोरोनाभाइरसको महामारीले आफ्नो बिक्रीमा असर परेको अमेरिकी टेक कम्पनी एप्पललाई यसले निकै समस्यामा पारेको छ । एप्पलका फोन मनपराउनेहरुले यसको नयाँ ५जी मोडलको लागि अझै कुर्नुपर्ने देखिएको छ ।

कोरोनाभाइरसले गर्दा यसको बिक्रीदेखि उत्पादनसम्म असर पारेकोछ । कम्पनीले आफ्नो ५जी आईफोन मोडलको लन्चिगलाई थप केहि अवधि पछाडि धकेलेको छ । बजार रिपोर्टहरुकाअनुसार यसको माग र बिक्रीमा आएको फरकका कारण कम्पनीले यस्तो निर्णय गरेको हो ।

जेपी मोर्गनकाअनुसार एप्पलको ५जी आईफोन बजारमा आउन तोकिएको समय भन्दा एक वा दुई महिना पछाडि सर्नेछ । सुत्रहरुलाई उल्लेख गरेर आएका रिपोर्टहरुका अनुसार कम्पनीका अधिकारीहरुले थप समय लिने बारेमा बैठक गरेर निर्णय गरेका हुन् ।

यस बाहेक लन्चिग मिती पछाडि सार्नुको कारणमा चीन र भारतलगायतका देशहरुमा कोरोनाको असरले गर्दा लकडाउनको अवस्था भएको र अझै उत्पादन प्लान्टहरु बन्द नै रहनु हो । जसको कारण फोनका आपूर्तिमा असर पर्नेछ ।

एप्पलको ५जी आईफोनको विभिन्न मोडलहरु रहेको बताईएको छ । एप्पल ५जी आईफोनमा ६जीबी र्यामका साथै दुई भर्सनमा ग्राहकहरुलाई उपलब्ध हुनेछ ।

एप्पलले विश्व बजारको अबस्थालाई ध्यानमा राखेर आगामी मे महिनासम्म अन्तिम निर्णय लिने अनुमान गरिएको छ । कम्पनीले आवश्यक परेको खण्डमा यो लन्चलाई सन् २०२१ मा पनि पुर्याउन सक्ने बताईएको छ ।

विश्व बजारमा सामसंग र ह्वावेपछि एप्पलले आफ्ना ५जी फोनहरु ल्याउने योजना बनाएको थियो । एजेन्सी

easy care

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

ताजा समाचार