कोरोनाभाइरस रोक्न ‘लकडाउन’ कै बेलामा जब ७७ वर्षे स्पेनिस पोकेमन्स् खोज्दै बाटोमा पुगे

Technology Khabar १४ चैत्र २०७६, शुक्रबार

कोरोनाभाइरस रोक्न ‘लकडाउन’ कै बेलामा जब ७७ वर्षे स्पेनिस पोकेमन्स् खोज्दै बाटोमा पुगे
सांकेतिक

काठमाडौं ।

कोरोनाभाइरस महामारीका बेला विश्वभर लकडाउनको अवस्था छ । नेपालसहित अधिकांश देशहरुले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न भनेका छन् जसले गर्दा संक्रमण नफैलियोस् ।

यसैबिचमा अधिक नागरिकहरुको मृत्यु भएको देश स्पेनमा पनि नागरिकहरुलाई लकडाउनमा बस्न भनिएको छ । तर सोहि लकडाउनको बेलामा भने एक ७७ वर्षे मानिसलाई घरबाहिर घुमिरहेको बेला मड्रिडको प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको बेला उनी किन बाहिर गए त ? यो प्रश्नको उत्तरले स्थानिय प्रहरीलाई पनि अचम्मित पारेको थियो ।

रिपोर्टअनुसार ती ७७ वर्षे वृद्ध मानिस आफ्नो स्मार्टफोनमा पोकेमन गो खेलिरहेको बेला पोकेमनहरुलाई खोज्न र पक्रन (हन्टिङ्ग गर्न) बाहिर सडकमा आएका थिए ।

महानगर प्रहरीले सो बारेमा ट्विटरमार्फत समेत जानकारी दिएको छ । ट्विटरमा भनिएको छ, ‘ती मानिसले अधिकारीहरुलाई भने उनी अझै सडकमा नै रहनेछन्, किनकी उनी ‘पोकेमन्स हन्टिङ्ग’ गरिरहेका थिए ।’

स्पेनमा दैनिकरुपमा कोरानाभाइरसबाट मर्नेको संख्यामा उच्च वृद्धि भएसँगै बाहिर निस्कन निकै कडाई गरिएको छ, जहाँ कानून उलंघन गर्नेलाई ६०१ यूरोदेखि ३० हजार यूरोसम्म जरिवाना गरिन्छ ।

ती बाहिर आएका ७७ वर्षे वृद्धलाई पनि जरिवाना गरिएको रिपोर्टमा उल्लेख छ ।

यसैबिच पोकेमन गोको डेभलपर कम्पनी नियान्टिकले भने गेमरहरुलाई अहिले घरभित्रै बस्न भनेको छ भने कम्पनीले इन्डोरमा नै खेल्न सकिने गरि नयाँ मोडलहरु अफर गरिरहेकोछ ।

नयाँ अपडेटहरु गो ब्याटल लीगमा गरिएको छ जहाँ प्लेयरले सो चरण पुरा गर्न निश्चित नम्बर पुरा गर्नुपर्दैन् । एजेन्सी

easy care

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार