कनेक्ट आईपीएस ई-पेमेन्टमा ग्राहकलाई कुनै शुल्क नलाग्ने

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

कनेक्ट आईपीएस ई-पेमेन्टमा ग्राहकलाई कुनै शुल्क नलाग्ने

काठमाडौं ।

बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले connectIPS e-Payment प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य सदस्यको च्यानल लगायतबाट कनेक्ट आईपीएस ई पेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तिय कारोबार पनि सहजढङ्गले सन्चालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार