तपाईँको फोन बाहेक कहाँ-कहाँ लगइन छ फेसबुक अकाउन्ट, यसरी थाहा पाउनुहोस्

Technology Khabar ४ चैत्र २०७६, मंगलवार

तपाईँको फोन बाहेक कहाँ-कहाँ लगइन छ फेसबुक अकाउन्ट, यसरी थाहा पाउनुहोस्

काठमाडौं ।

फेसबुक एक यस्तो सोशल मिडिया हो जहाँ इन्टरनेट चलाउने सायदैले अकाउन्ट नबनाएका होलान् । फोटो होस वा भिडियो हामी हरेक प्रकारको पोस्ट गर्न सक्दछौं र यसैको कारणले पनि यसको सेक्योरिटीलाई लिएर सधै डर रहिरहने गर्दछ ।

फेसबुकलाई हामी कयौँपटक अफिसमा लगइन गरेर त्यसै छोडिदिने गर्दछौं । त्यस्तै कसैसँग आफ्नो अकाउन्टको पासवर्ड हुनसक्ने डर पनि रहन्छ । यस्तोमा आज हामी तपाईहरुलाई तपाईँको अकाउन्ट तपाईको फोन बाहेक कहाँ-कहाँ लगइन रहेको छ भनेर थाहा पाउन सकिने सजिलो तरिकाको बारेमा बताउँदै छौं ।

– यसको लागी सबैभन्दा पहिले यूजरले आफ्नो अकाउन्ट ओपन गरेर यसको सेटिंग्समा जानुपर्ने हुन्छ । सेटिंग्स अप्शन खुल्ने बित्तिकै यूजर अघि देब्रे साइडमा कयौं अप्शनहरु देखिने छन् ।

–यसैमध्ये यूजरले दोस्रो नम्वरमा सेक्योरिटी एन्ड लगइनको अप्शन पाउने छन् ।

– यसमा ट्याप गर्दा यूजर अगाडि एक पेज ओपन हुनेछ । यस पेजमा ह्वेर यूआर लग्ड इन अप्शन पाइने छ । यसमा यूजरले आफ्नो अकाउन्ट लग इन भएको डिभाइसहरु देख्न सक्दछन ।

– यसबाहेक यी डिभाइसहरुसँगै यूजरलाई टाइम पनि देखिने छ, जसबाट यूजरले यी डिभाइसमा कति बजे वा कति समयसम्म लगइन रहेको हेर्न सक्दछन् ।

यसरी यूजरले आफु कहाँ कहाँ लगइन छु भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगाडि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूजरले लग आउटको अप्शन पाउने छन्।

यसबाहेक यूजरले सबै डिभाइसबाट एकैसाथ लगआउट गर्न चाहेमा यसैको तल्लो भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिरहेको फेसबुक अकाउन्ट लगआउट हुने छ ।

easy care

प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार