१६जीबी र्यामसँगै लन्च भयो नूबिया रेड म्याजिक फाइभजी स्मार्टफोन, यस्ता छन् विशेषताहरु

Technology Khabar ३ चैत्र २०७६, सोमबार

१६जीबी र्यामसँगै लन्च भयो नूबिया रेड म्याजिक फाइभजी स्मार्टफोन, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

चिनियाँ स्मार्टफोन मेकर कम्पनी नूबियाले एक नयाँ गेमिंग स्मार्टफोन नूबिया रेड म्याजिक ५जी लन्च गरेको छ । यस स्मार्टफोनमा हाई एन्ड स्पेसिफिकेशनहरु रहेको छ । यसलाई कम्पनीले ह्याकर ब्ल्याक, मार्सरेड र साइबर नियोन कलर भेरियन्टमा पेश गरेको छ ।

नूबिया रेड म्याजिक ५जी मा १६जीबी र्यामसँगै क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर रहेको छ । यसलाई कम्पनीले चार भेरियन्टसँगै ल्याएको छ । यसमा ८जीबी र्याम प्लस १२८जीबी स्टोरेज, १२जीबी र्याम प्लस १२८जीबी स्टोरेज, १२जीबी र्याम प्लस २५६जीबी स्टोरेज र १६जीबी र्याम प्लस २५६जीबी स्टोरेज रहेको छ ।

नूबिया रेड म्याजिक ५जी मा ६.६५ इन्चको फुल एमोलेड फुल एचडि प्लस डिस्प्ले रहेको छ । यसको साथै १४४ हर्ज अल्ट्रा हाई रिफ्रेश रेट प्रदान गरिएको छ । टच रिपोर्टिंग रेट २५०हर्जको रहेको छ ।

नूबिया रेड म्याजिक ५जी मा एन्ड्रोएड १० बेस्ड म्याजिक ओएस रहेको छ । यस स्मार्टफोनमा ४,५०० एमएएचको ब्याट्री रहेको छ ।

कम्पनीले यसमा एयर कुल्ड फासट चार्जिंग पनि दिएको दाबी गरेको छ । नूबियाकाअनुसार यस स्मार्टफोनमा दिएइको फास्ट चार्जिंगले केबल १५ मिनेटमा ५६ प्रतिशत चार्ज हुनेछ।

नूबिया रेड म्याजिक ५जी मा ट्रिपल रियर क्यामरा रहेको छ । जसको प्राइमरी लेन्स ६४ मेगापिक्सेलको रहेको छ र यसमा सोनी आईएमएक्स६८६ प्रोसेसर रहेको छ । फोनमा ८ मेगापिक्सेलको सुपर वाइड एंगल सेकेन्डरी लेन्स रहेको छ । यस बाहेक २ मेगापिक्सेलको माईक्रो लेन्स रहेको छ । फोनमा सेल्फीको लागी ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

यस स्मार्टफोनमा कनेक्टिीभिटीको लागी इन डिस्प्ले फिंगरिप्रिन्ट स्क्यानर सहित हेडफोन ज्याक र ५जी कनेक्टिभीटी रहेको छ । यस स्मार्टफोनमा ५५वाटको एयर कुल्ड फास्ट चार्जिंगको सर्पोट पनि रहने छ ।

चीनमा नूबिया रेड म्याजिक ५जी स्मार्टफोनको सुरुवाती मुल्य ३,७९९ चिनियाँ युआन राखिएको छ । एजेन्सी

easy care

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

ताजा समाचार