कोरोना म्याप्सको माध्यमबाट निशाना बनाउँदै ह्याकरहरु, बैङ्क कार्डको डिटेल्स चोरी हुन सक्ने

Technology Khabar २ चैत्र २०७६, आईतवार

कोरोना म्याप्सको माध्यमबाट निशाना बनाउँदै ह्याकरहरु, बैङ्क कार्डको डिटेल्स चोरी हुन सक्ने

काठमाडौं ।

कोरोनाभाइरसको कारणले हाल विश्वभरमा एक प्रकारको स्वास्थ्य आपतकालको स्थिती बनेको छ । तर ह्याकरहरुले यसको फाइदा उठाउदै युजरहरुको क्रेडिट कार्डको डिटेल्स जस्ता जानकारीहरु चोर्न को लागी परेका छन ।

वास्तवमा कोरोनाभाइरस (कोभिड–१९) लाई ट्रयाक गर्नको लागी विश्वभरका विभिन्न अर्गानाइजेशनहरुले रियलटाइम म्याप्स वा ड्याशबोर्ड बनाएका छन । यसैको फाइदा उठाउँदै ह्याकरहरुले यूजरहरुको जानकारीलाई चोर्न लागी परेका हुन् ।

रिजन ल्याव्स्को सेक्योरिटी रिर्सचर शाई अल्फासीले ह्याकरहरुले यस प्रकारका म्याप्सलाई अरुको जानकारीहरु चोर्नको लागी प्रयोग गरिरहेको बताएका छन्। यस तरिकाबाट ह्याकरहरुले युजरहरुको प्राईभेट जानकारीहरु जस्तो यूजर नेम, पासवर्ड, क्रेडिट कार्ड नम्वर र ब्राउजर हिस्ट्री चोर्न सक्नेछन्।

ह्याकरहरुले भाइरसको सहारा लिएर यूजरहरुलाई टार्गेट गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै प्रकारको घटनाहरु भएका थिए ।

सामान्य रुपमा ह्याकरहरुले कोरोनाभाइरससँग जोडिएको वेबसाइट तयार गर्ने गर्दछन र युजरलाई रियल टाइम ट्रयाकिंग गर्ने बाचा गर्ने गर्दछन । गम्भिर कुरा त यस प्रकारको वेबसाइटको कारणले यूजरहरुले आफ्नो सिस्टममा म्याप्स डाउनलोड गर्नुपर्ने आवस्यकता नै पर्दैन । यसले सिधै यूजरको कोभिड–१९ फैलिएको म्याप देखाउँछ ।

कोरोनाभाइरसको लागी बनाइएको म्याप्सको सहायतामा अट्याकरहरुले बाइनरी फाइल्स जेनेरेट गर्ने गर्दछन र यूजरको कम्प्युटरमा इन्स्टल गर्दछन । टिएनडब्ल्युको एक रिर्पोट अनुसार यी वेबसाइटहरु कोरोनाभाइरस ट्रयाक गर्ने टूल जस्तो नै देखिने गर्दछन ।

हाल यस प्रकारको खतरा विन्डोज कम्प्युटरहरुमा रहेको छ ।

यदि यूजरहरुले कोरोनाभाइरसको म्याप हेर्नुपरेमा विश्व स्वास्थ्य संगठनको वेबसाइट भिजिट गर्न सक्दछन् । एजेन्सी

easy care

प्रकाशित: २ चैत्र २०७६, आईतवार