सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र

Technology Khabar २ चैत्र २०७६, आईतवार

सिमकार्ड लिन अबदेखि लाइसेन्स वा पासपोर्ट भए हुने, नाबालिग विद्यार्थीको हकमा भने परिचयपत्र

काठमाडौं ।

नेपाली नागरिकहरुले अबदेखि दूरसंचार सेवा प्रदायकहरुको नयाँ सिमकार्ड लिनका लागि सवारी लाइसेन्स वा पासपोर्ट देखाएर पनि सिमकार्ड लिनसक्ने छन् ।

हालै नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड लिने व्यवस्थालाई सरलिकृत गर्दै अबदेखि सवारी चालक अनुमतिपत्र(लाइसेन्स) वा राहदानी(पासपोर्ट)को आधारमा पनि सिमकार्ड लिनसकिने प्रावधान थप गरेको छ ।

प्राधिकरणको यहि फागुन २७ गतेको बोर्ड बैठकले सो निर्णय गर्दै सिमकार्ड बितरण प्रकृयालाई सरलिकृत गरेको हो । दूरसंचार सेवा प्रदायकहरुले सिमकार्ड बितरण गर्ने व्यवस्थालाई सहजिकरण गरिदिन अनुरोध भएअनुसार नेपाली नागरिकको हकमा नयाँ व्यवस्था थप गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि टेलिकम कम्पनीहरुको सिमकार्ड लिनका लागि सेवाग्राहीले नागरिकताको परिचयपत्र वा राष्ट्रिय परिचय पत्र वा मतदाता परिचयपत्रको आधारमा मात्र लिनपाउने व्यवस्था गरिएको थियो । गैर आवासिय नेपालीको हकमा भने गैर आवासिय नेपाली नागरिक कार्डको आधारमा सिमकार्ड लिन पाईने व्यवस्था थियो ।

अबदेखि त्यस्तो व्यवस्थामा सवारी लाइसेन्स र पासपोर्ट समेत थप गरिएको हो ।

त्यसैगरि प्राधिकरणले नाबालिग विद्यार्थीको हकमा भने विद्यार्थी परिचय पत्रलाई आधार मान्न सकिने निर्णय गरेको छ भने नावालिगको अभिभावकको लागि नेपाली नागरिकको लागि सिमकार्ड दिने प्रावधान अनुसार आधार मानेर नाबालिगलाई सिमकार्ड दिनसकिने व्यवस्था लागू गरिएको छ ।

सोहिअनुसार दूरसंचार सेवा प्रदायक कम्पनीहरुले सिमकार्ड सेवाग्राहीलाई उपलब्ध गराउने निर्देशन समेत प्राधिकरणले दिएको छ ।

easy care

प्रकाशित: २ चैत्र २०७६, आईतवार