एउटै फोनमा दुईवटा नम्वरबाट चलाउन सकिन्छ ह्वाट्सएप, हेर्नुस तरिकाहरु र यसरी चलाउनुस्

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

एउटै फोनमा दुईवटा नम्वरबाट चलाउन सकिन्छ ह्वाट्सएप, हेर्नुस तरिकाहरु र यसरी चलाउनुस्

काठमाडौं ।

ह्वाट्सएप इस्ट्यान्ट मेसेजिङ्गको लागी विश्वभर सबैभन्दा पपुलर एप हो । हालसम्म यस एप विश्वभरमा २०० करोड भन्दा धेरै पटक डाउनलोड भईसकेको छ । यस एपमा च्याटिंग बाहेक अन्य धेरै फिचरहरुपनि रहेको छ, जसको माध्यमबाट यूजरहरु सजिलै आफ्ना आफन्त र साथीहरुसँग कनेक्टेड रहन्छन । यस एपको प्रयोग आजकल पर्सनलका साथ साथै प्रोफेशनल कामको लागी पनि गर्ने गरिन्छ । धेरैजस्ता यूजरहरुले पर्सनल र प्रफेशनल ह्वाट्सएप नम्वर अलग अलग राख्ने गर्दछन ।

दुई ह्वाट्सएप नम्वर भएका कारण दुई फोन पनि राख्नु पर्ने हुन्छ । तर आज हामी एउटै फोनमा दुईवटा ह्वाट्सएप नम्वरबाट ह्वाट्सएप कसरी चलाउन सकिन्छ भन्ने बारेको खास ट्रिक बताउँदैछौं, जुन यूजरहरुको लागी निकै उपयोगी साबित हुने छ ।

धेरैजसो स्मार्टफोनहरु आजकल ड्युल सिमकार्ड स्लटसँगै आउने गर्दछ । यसको माध्यमबाट यूजरले दुई अलग अलग नम्वर यूज गर्न सक्दछन । ह्वाट्सएपको कुरा गर्दा यस एपले एक डिभाइसको दुई एकाउन्ट अपरेट गर्ने सुबिधा प्रदान गर्दैन् । यद्पी हुवावे र सामसङ जस्ता कम्पनीहरुको डिभाइसमा ड्युल एप्स वा ड्युल मोड फिचर पनि हुने गर्दछ । यस फिचरको सहयोगबाट यूजरले एउटा च्याट एपलाई दुई अलग अलग एकाउन्टसँगै स्विच गर्न सक्दछन । गूगल प्लेबाट पनि यस्तो गर्न सकिन्छ ।

कम्पनीहरुले आफ्नो स्मार्टफोनमा ड्युल फिचरलाई अलग अलग नाम र लोकेशनमा दिने गर्दछन । यहाँ हामी केहि पपुलर स्मार्टफोनको बारेमा बताउँदैछौं जसले आफ्नो डिभाइसहरुमा यो फिचर उपलब्ध गराउने गर्दछन ।

शाओमीः एमआईयुआई ओएसमा चल्ने शाओमी स्मार्टफोनमा ड्युल एप्सको लागी सेटिंग्समा जानुपर्ने हुन्छ । यहाँ यूजरले ड्युल एप्स अप्शन पाउने छन्।

सामसङः सामसङ स्मार्टफोनमा यो फिचर ड्युल म्यासेन्जरको नामबाट पाइने गर्दछ । यसको लागी युजरले आफ्नो फोनको सेटिंग्समा गएर एडभान्स फिचर अप्शनमा जानुपर्ने हुन्छ ।

ओपोः ओपोले आफ्नो स्मार्टफोनमा यस फिचरलाई क्लोन एपको नामले दिने गर्दछ । यसलाई पनि सेटिंग्समा गएर एक्सेस गर्नुपर्ने हुन्छ ।

भीभोः भीभो स्मार्टफोन युजरहरुले पनि यस फिचरलाई क्लोन एपको नामले पाउन सक्दछन । यसलाई पनि सेटिंग्समा गएर चेक गर्नुपर्ने हुन्छ ।

असुसः असुसले यस ड्युल एप्स फिचरलाई ट्विन एप्सको नामले दिने गर्दछ । यसलाई पनि फोनको सेटिंग्समा गएर एक्सेस गर्न सकिन्छ ।

ह्वावे र अनरः यी दुबै कम्पनीहरुको डिभाइसहरुमा यस फिचर एप ट्विनको नामले पाइने गर्दछ ।

कसरी प्रयोग गर्ने ड्युल एप फिचर

यस फिचरलाई प्रयोग गर्नको लागी सबैभन्दा पहिले यूजरले आफ्नो स्मार्टफोनको ड्युल एप्स सेटिंग्सलाई ओपन गर्नुपर्ने हुन्छ । र यहाँ जुन एपलाई ड्युपलिकेट गर्ने हो त्यसलाई सेलेक्ट गर्नुपर्ने हुन्छ ।

यूजरले ह्वाट्सएपलाई सेलेक्ट गरेपछि फोनको होम स्क्रिनमा एप लन्चरमा देखिएको अर्को ह्वाट्सएप लोगोमा ट्याप गर्नुपर्दछ । र अब यस ह्वाट्सएपलाई दोस्रो नम्वरसँग कन्फिगर गरेर आफ्नो कन्ट्याक्ट्ससँग च्याटिंग स्टार्ट गर्न सकिन्छ ।

गूगल प्लेबाट पनि चलाउन सकिन्छ

कयौं स्मार्टफोन यूजर एकै सर्भिसको लागी छुट्टाछुट्टै अकाउन्ट बनाउने गर्दछन । यस्तोमा ह्वाट्सएप बाहेक कयौँ एप्सहरुको लागी यूजरहरुलाई दुई एकाउन्ट को आवश्यकता पर्दछ । गूगल प्ले ले यस्तो कयौं एप्सहरुलाई सर्पोट गर्दछ । जसमा पपुलर सोशल मिडिया प्लेटफम्सको लागी ड्युल अकाउन्ट अपरेट गर्न सकिन्छ । यसको लागी पारालल स्पेस, एप क्लोनर मल्पिल अकाउन्ट्स, मल्टि, ड्युल स्पेस, सुपर क्लोन प्रो को प्रयोग गर्न सकिन्छ ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार