एप्समार्फत करोडौँ स्मार्टफोन प्रयोगकर्ताको जासुसी, एन्ड्रोएडसँगै आइफोन यूजर पनि खतरामा

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

एप्समार्फत करोडौँ स्मार्टफोन प्रयोगकर्ताको जासुसी, एन्ड्रोएडसँगै आइफोन यूजर पनि खतरामा

काठमाडौं ।

हाल फेरी स्मार्टफोन यूजरहरुको जासुसी भईरहेको ठुलो घटना सार्वजनिक भएको छ । यसमा आईफोनसँगै एन्ड्रोएड स्मार्टफोन यूजहरुको डाटा चोरीमा भर्चुअल प्राइभेट नेटवर्क र मोबाइल एड ब्लकिंग एप्सको प्रयोग भइरहेको छ ।

रिसर्चकर्ताहरुले यस्ता २० एप्सको पहिचान गरेका हुन । यूजरहरुको जासुसी गर्ने यी एप्सलाई सेन्सर टावरले बनाएको हो । स्मार्टफोनमा यी एप्स कुनै सामान्य एपको जसरी नै काम गर्ने देखिएता पनि यसले स्मार्टफोनको गतिविधिहरुमा नजर राख्ने गर्दछ ।

बजफिड न्युजको रिर्पोटमा यी सेन्सर टावर एप्सलाई विश्वभरिमा ३.५ करोड भन्दा धेरै पटक डाउनलोड गरिएको छ । यी एप्सले एन्ड्रोएड र आईओएस डिभाइसबाट पठाइने र रिभिभ गरिने डाटालाई एक्सेस गरेर एप डेभलपर सम्म पुर्याउने गर्दछन । यस फेक एपले गूगल प्ले र एप्पलको एप स्टोरको सेक्योरिटीमा चोरी गरी यूजरहरुको जासुसी गर्नको लागी सजिलै यूजरहरुलाई थर्ड पार्टी रुट सर्टिफिकेशन इन्स्टल गर्न मनाउने गर्दछ ।

रिर्सचकर्ताहरुले ब्ल्याक लिस्ट गरेका एप्सले बिना जानकारी यूजरहरुको प्राइभेट वेब एक्टिभिटीलाई ट्रयाक गर्ने पत्ता लगाएका थिए । बजफिडकाे रिर्पोटमा यी एप्सले आफुहरुलाई सेन्सर टावरले डेभलप गरेको कुराको जानकारी पनि लुकाउने गरेको जनाएको छ । महत्वपुर्ण कुरा त यी एप्समध्ये कयौं एप्स अझै पनि एप्पल एप स्टोर र गूगल प्ले स्टोरमा रहेका छन । रिसर्चकर्ताहरुले सार्वजनिक गरेका एप्समा एड ब्लक फोकस, एडब्लक वाईफाई, एडब्लक मोबाइल, मोबाइल डाटा, हटस्पट भिपिएन, फ्रि एड अनलिमिटेड भिपिएन, वाईफाई बूस्टर, लूना र एड टर्मिनेटर रहेका छन ।

बजफिडको रिर्पोटपछि गूगल र एप्पलले यी एप्सको विरुद्धमा एक्सन लिन सुरु गरेका छन । दुबै कम्पनीहरुले आ–आफ्नो एप स्टोरबाट यी एप्समध्येका धेरैजसो एप्सहरुलाई हटाइदिएका छन र यूजरहरुको जासुसी गर्ने अन्य एप्सको बारेमा पनि जाँच सुरु गरेका छन । यसअघि बजफिडको क्रेग सिल्भरम्यानकाअनुसार एप्पलले एप स्टोरबाट सेन्सर टावरको १३ र गूगलले प्ले स्टोरबाट यूजरहरुको जासुसी गर्ने १ एपलाई हटाईदिएको छ ।

यसैबिच सेन्सर टावरका र्यान्डि नेल्सनले बजफिडलाई आफ्नो कम्पनीको एप्सले कहिलै पनि यूजरहरुको डाटा नचोरेको सफाई दिएको छ । उसले आफुहरुले एप स्टोर्सको गाइडलाइनलाई गम्भिररुपमा फलो गर्ने गरेको र यदी एप स्टोर्सको प्राइभेसी पोलीसीमा कुनै परिवर्तन आए कम्पनीले त्यस्ता कुरालाई पनि ध्यानमा राख्ने गरेको बताएको छ। यसको साथै नेल्सनले बजफिडको रिर्पोटमा उल्लेख गरिएको एप्सलाई पहिले नै हटाइएको पनि दाबी गरेका छन ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार