अन्तरिक्षमा घुम्न जाने ? एक्जियमले अन्तरिक्षमा जान चाहनेलाई ५ करोड ५० लाख डलरमा घुमाउने

Technology Khabar २४ फाल्गुन २०७६, शनिबार

अन्तरिक्षमा घुम्न जाने ? एक्जियमले अन्तरिक्षमा जान चाहनेलाई ५ करोड ५० लाख डलरमा घुमाउने

काठमाडौं ।

काठमाडौं । अन्तरिक्षमा पर्यटकहरु लाने उद्धेश्यले एक्जियम स्पेसले हालै स्पेसएकससँग सम्झौता गरेको छ ।

एक्जियम स्पेले ५ करोड ५० लाख अमेरिकी डलर शुल्कमा अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा यात्रुहरुलाई लाने र ल्याउने योजना गरिरहेको छ । यहि कार्यको लागि कम्पनीले स्पेसएक्ससँग सम्झौता गरेको हो ।

हस्टनमा आधारित भेन्चरद्धारा प्रबद्र्धित एक्जियमले ३ जन यात्रुलाई अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमासम्म लाने र फिर्ता ल्याउनेछ ।

तीनजना निजी एस्ट्रोनटहरुलाई सन् २०२१ को दोस्रो अर्धवार्षिकमा उडाउने लक्ष्य लिईएको छ । ती यात्रुहरुले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमामा कम्तिमा ८ दिनको अनुभव गर्नेछन भने पृथ्विको दृश्य हेर्नेछन् ।

यस्तो अन्तरिक्ष उडान नासासँग एक्जियमले गरेको स्पेस एक्ट एग्रिमेन्टअन्तरगत पर्ने स्पेश स्टेशनका लागि पहिलो किसिमको उडान हुनेछ । यसबाहेक अन्य निजी एस्ट्रोनटहरुका लागि अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याउन थप छलफलहरु भईरहेका छन् ।

कम्पनीले आगामी दिनहरुमा यात्रुहरुका लागि वर्षमा दुई उडानहरु गर्ने लक्ष्य लिएको छ भने त्यसबेलासम्ममा आफ्नै निजी स्पेश स्टेशन बनाउनेछ ।

एक्जियमले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याउने यात्रुहरुका लागि तालिम, योजना, हार्डवेयर, लाइफ सपोर्ट, मेडिकल सपोर्ट, क्रूको व्यवस्थाहरु, सुरक्षा प्रमाणपत्रहरु र स्पेस फ्लाईटभित्र जम्प गर्न चाहने यात्रुहरुका लागि अर्बिट अपरेशनलगायतका कामहरु गर्नेछ । एजेन्सी

easy care

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार