रेडिट सिईओले भने- टिकटक स्पाईवेयर जस्तो हो, यसलाई डाउनलोड गर्न हुँदैन्

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

रेडिट सिईओले भने- टिकटक स्पाईवेयर जस्तो हो, यसलाई डाउनलोड गर्न हुँदैन्

काठमाडौं ।

काठमाडौं । भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटक आएदेखि यसलाई लिएर विश्वमा निकै बहस भईरहेका छन् । नेपालमा पनि टिकटक निकै लोकप्रिय रहेको छ ।

केहि समय पहिले सो चिनियाँ एपलाई छिमेकी मुलुक भारतमा प्रतिबन्ध पनि गरिएको थियो भने गूगलले आफ्नो प्ले स्टोरबाट पनि हटाएको थियो । तर हालको अवस्थामा भने यो एप ठिक रुपमा चलिरहेको छ ।

हालै अमेरिकी सोशल डिस्कशन वेबसाइट रेडिटका को-फाउन्डर तथा सिईओ स्टिभ हफमेनले टिकटक एप एक पारासाइट जस्तो भएको बताएका छन् । टेक क्रन्चको एक रिर्पोटमा त टिकटकलाई उनले स्पाई वेयरसम्म भनेका छन् । स्पाईवेयर अर्थात यस्तो एप्स जसले मानिसहरुको जासुसी गर्ने गर्दछ ।

सिईओ हफमेनले टिकटकको बारेमा बोल्दै यो एक पारासाइट भएको जसले सँधै प्रयोगकर्तालाई सुन्ने गरेको बताए । उनले टिकटकले फिंगरप्रिन्ट टेक्नोलोजी यूज गरेमा यो झनै डरलाग्दो हुने पनि उल्लेख गरेका छन् । उनले आफु यस्तो प्रकारको एपलाई आफ्नो फोनमा कहिले पनि इन्स्टल नगर्ने बताए। उनले टिकटकलाई स्पाईवेयर भएको बताउँदै आफ्नो फोनमा यस्तो एप इन्स्टल नगर्ने बताएका हुन ।

यस एपको कन्ट्रोभर्सीसँग सम्वन्ध नयाँ नरहेको र यसको बारेमा समय समयमा प्रश्न उठ्ने गरेको छ।

टिकटकको लोकप्रियता अन्य मुलुकको तुलनामा भारतमा निकै रहेको छ । विश्वभरमा हालसम्म १०४.७ मिलियन पटक यो एप डाउनलोड भएको छ । जसमा पुरा डाउनलोडको ३४.१ प्रतिशत भारतमा मात्रै डाउनलोड गरिएको छ ।

चिनियाँ कम्पनी बाईटडान्सको यस एपले फेसबुक जस्तो ठुलो सोशल मिडिया एपलाई कडा टक्कर दिने क्रममा छ। सेन्सर टावरको एक रिर्पोटमा गएको वर्ष विश्वभरबाट फेसबुकको भन्दा धेरै पटक यस एपलाई डाउनलोड गरिएको उल्लेख छ । एजेन्सी

easy care

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार