महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामी चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् ।

कार्यक्रममा बोल्दै उनले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने ।

“तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु,” कार्यक्रमका बोल्दै उनले आफ्नो प्रतिवद्धता व्यक्तगरे ।

राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए ।
साथै उनले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने बताए ।

“महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो,”उनले भने

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व उपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगायत निजी क्षेत्रको उपस्थिति रहेको थियो ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

ताजा समाचार