स्थानिय तहका ५६ प्रतिशत स्थानहरुमा इन्टरनेट सेवा पुग्यो, ७,३३० स्थानहरुमा अझै पुग्न बाँकी

Technology Khabar १३ फाल्गुन २०७६, मंगलवार

स्थानिय तहका ५६ प्रतिशत स्थानहरुमा इन्टरनेट सेवा पुग्यो, ७,३३० स्थानहरुमा अझै पुग्न बाँकी

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले देशभरका स्थानिय तहहरुमध्ये करिब ५६ प्रतिशत स्थानहरुमा इन्टरनेट सेवा पुर्याएको छ ।

दूरसंचार प्राधिकरणकाअनुसार स्थानिय तहहरुमा इन्टरनेट पुर्याउन शुरु गरिएको १८ प्याकेजहरुमार्फत माघ मसान्तसम्म कुल ९ हजार २ सय ७१ स्थानहरुमा इन्टरनेट सेवा पुर्याएको छ ।

इन्टरनेट सेवा पुगेका स्थानहरुमध्ये ४२१ वटा स्थानिय निकायको कार्यालयहरु रहेका छन भने ३ हजार ५ सय २० ओटा वडा कार्यालयहरु छन् । त्यसैगरि सरकारी बिद्यालयहरुको संख्या २ हजार ८ सय ३९ छ भने २ हजार ४ सय ८१ वटा स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा बिस्तार गरेको छ ।

कुल १६ हजार ६ सय १ ओटा स्थानिय तहहरुमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ जसमध्ये ५५.८५ प्रतिशत कार्य पुरा भएको प्राधिकरणले जनाएको छ ।

तोकिएकामध्ये अझै २८० स्थानका स्थानिय निकायको कार्यालयहरुमा इन्टरनेट पुगेको छैन भने २ हजार ४ सय २२ ओटा वडा कार्यालयहरु, २ हजार ७ सय ५८ वटा विद्यालयहरु र १ हजार ८ सय ७० वटा स्थास्थ्य संस्थाहरु गरि कुल ७ हजार ३ सय ३० स्थानहरुमा भने इन्टरनेट जडान गर्न बाँकी रहेको प्राधिकरणले उल्लेख गरेको छ।

प्रतिशतको आधारमा हेर्दा स्थानिय निकायको कार्यालयहरुमध्ये ६० प्रतिशतमा इन्टरनेट जडान भएको छ भने वडा कार्यालयहरुमध्ये ५९.३१ प्रतिशत, विद्यालयहरुमध्ये करिब ५१ प्रतिशत र स्वास्थ्य संस्थाहरुमध्ये ५७ प्रतिशत स्थानहरुमा इन्टरनेट जडान भईसकेको छ । प्रतिशतको आधारमा हेर्दा इन्टरनेट पुगेको मध्ये सबैभन्दा धेरै प्रतिशत स्थानिय निकायको कार्यालयहरुमा देखिन्छ भने सबैभन्दा कम विद्यालयहरुमा

दूरसंचार प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषको रकम प्रयोग गरेर देशभरका १६ कुल १६ हजार ६ सय १ ओटा स्थानिय तहहरुमा इन्टरनेट सेवा जोड्ने लक्ष्य लिएको छ ।

easy care

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार