शाओमीले हाईटेक सिमकार्ड ल्याउँदै, माइक्रो एसडि कार्ड जसरी नै प्रयोग गर्न सकिने

Technology Khabar १२ फाल्गुन २०७६, सोमबार

शाओमीले हाईटेक सिमकार्ड ल्याउँदै, माइक्रो एसडि कार्ड जसरी नै प्रयोग गर्न सकिने

काठमाडौं ।

काठमाडौं । अब स्मार्टफोनमा प्रयोग गरिने सिमकार्डले पनि माईक्रो एसडी कार्ड जस्तो काम गर्ने भएको छ । चिनियाँ टेक कम्पनी शाओमीले अब माइक्रो एसडिकार्डको रुपमा पनि काम गर्ने सिम ल्याउन लागेको हो ।

हिजोआज लन्च हुने धेरैजसो हाई एन्ड स्मार्टफोनहरु माइक्रो एसडि कार्डको सर्पोट बिना नै लन्च हुने गर्दछ । यस्तोमा प्रयोगकर्ताहरुलाई एक्स्ट्रा स्टोरेज चाहिएको बेला निकै कठिन हुने गर्दछ । यो सिम कार्ड फोनमा एक्स्ट्रा स्टोरेजको आवश्यकता रहेको बेला निकै ठुलो सहयोगी साबित हुन सक्दछ ।

एक्सपर्टहरुका अनुसार आउँदा दिनमा माइक्रो एसडि कार्डको सर्पोट गर्ने स्मार्टफोनहरुको संख्या निकै कम हुनेछ । यस्तोमा यस टु इन वान सिम कार्डले एक्स्ट्रा स्टोरेजको आवश्यकतालाई पुरा गर्न सक्ने छ । आउँदा दिनमा निकै आवश्यक हुन सक्ने यस ट्रेन्डलाई शाओमीले हाल पहिचान गरेको छ । यसै कारणले कम्पनीले यस्तो सिमको पेटेन्ट पनि गरिसकेको छ, जसले माइक्रो एसडि कार्डको रुपमा पनि सर्पोट गर्ने छ ।

एक लीक भएको इमेजअनुसार शाओमीले यस टु इन वान सिम कार्डमा हाल रहेको सिम टेक्नोलोजीको प्रयोग गरिने छ । यस कार्डमा ५जी सर्पोटसँगै स्टोरेज टेक्नोलोजीको सर्पोट पनि रहने छ । यद्पी यस पेटेन्टमा शेयर गरिएको स्टोरेज टेक्नोलोजीलाई हेर्दा यस टेक्नोलोजीलाई म्यानुफ्याचररले अहिले नै युज गर्न सक्ने देखिदैन् । यस्तोमा अनुमान लगाइएको छ कि यस कार्डको प्रयोग शाओमी र रेडमीको स्मार्टफोनहरुमा मात्रै प्रयोग हुन सक्ने छ ।

शाओमीले यस पटक पेटेन्ट गराएको टेक्नोलोजीलाई अघिल्लो वर्ष नै देखाएको थियो । वर्ष २०१९ मा कम्पनीले यस्तै एक कार्ड शोकेस गरेको थियो । आजकलका स्मार्टफोनहरुमा ई-सिम निकै लोकप्रिय भईरहेको पाइन्छ । यस्तोमा भविष्यमा आउने स्मार्टफोनहरुमा कुनैपनि प्रकारको स्लट नहुने अनुमान लागउन सकिन्छ । एजेन्सी

easy care

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार