त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहयोग गर्न दुई वटा पर्यटन परी ‘रोबोट’

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहयोग गर्न दुई वटा पर्यटन परी ‘रोबोट’

काठमाडौं ।

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहयोग गर्न दुई वटा पर्यटन परी (रोबोट) राखिएको छ । बिहीबार बिमानस्थलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले पर्यटन परीलाई नमस्ते गरेर उद्घाटन गरेसँगै यी पर्यटन परीले आफ्नो सेवा शुरु गरेका हुन् ।

पर्यटन परीले बटन थिचेपछि बिमानस्थलमा भएका सेवा सुविधाहरुको बारेमा पर्यटकलाई जानकारी उपलब्ध गराउनेछन् । ४४ लाख रुपैयाँ खर्च गरेर सरकारले बिमानस्थलमा राखेको यी रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्नेछन् ।

डिजिटल नेपालको अवधारणासँगै नेपालको पर्यटनको क्षेत्रमा प्रविधिको उपयोग गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलमा सो रोबोट राखेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

रोबोट पाईला टेक्नोलोजीले निर्माण गरेको हो।

रोबोटले विमानस्थलमा नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिषा प्रकृया र त्रिभूवन विमानस्थलको संरचनालगायतका विषयमा जानकारी दिनेछन । पर्यटन परीको नाममा यी दुई रोबोटले विमानस्थलको आगमन र प्रस्थान कक्षमा सेवा दिनेछन् ।

easy care

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार