भारतमा ३ मार्चदेखि मोबाइल एसएमएसको शुल्क घटाउने नियमनकारीको प्रस्ताव

Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार

भारतमा ३ मार्चदेखि मोबाइल एसएमएसको शुल्क घटाउने नियमनकारीको प्रस्ताव

काठमाडौं ।

काठमाडौं । भारतीय टेलिकम रेगुलारिटी अथोरिटी अफ इन्डिया (ट्राई) ले मंगलवार दैनिक १०० एसएमएस भन्दा माथि पठाइने हरेक म्यासेजमा ५० भारतीय पैसाको तय दरबाट लिइने शुल्कलाई फिर्ता गर्ने प्रस्ताव गरेको छ ।

ट्राईले नोभेम्वर २०१२ मा जारी गरेको आदेशमा नचाहिएको म्यासेजहरुको समस्यालाई हटाउनको लागी न्युनतम ५० पैसा शुल्क लाग्ने सुचित गरेको थियो ।

ट्राईले टेलिकम्युनिकेशन ट्यारिफ आदेश २०२० (६५औँ संशोधन) को मस्यौदामा भारतमा टेलिकम कमर्शियल कम्युनिकेशन कस्टमर प्रिफरेन्स रेगुलेशन २०१८ लागू भएपछि अब एसएमएसका लागी नियामक शुल्क आवश्यक नभएको महसुस भएको बताएको छ।

यसैकुरालाई ध्यानमा राख्दै ट्राईले टेलिकम्युनिकेशन ट्यारिफ आदेश २०२० (६५औँ संशोधन) को मस्यौदामा यसअघिको टेलिकम्युनिकेशन ट्यारिफ (५४औँ संशोधन) आदेशमा सुरु गरिएको एसएमएस शुल्कसँग जोडिएको नियमनकारी प्रावधानहरुलाई फिर्ता लिने प्रस्ताव गरेको हो ।

ट्राईले ६५औँ संशोधनको मस्यौदामा सम्वन्धित पक्षहरुलाई सुझावहरु तथा टिप्पणी गर्नको लागी ३ मार्च सम्मको अन्तिम समय सीमा राखेको छ र यसको जवाफ दिने समयसीमा भने ट्राईले १७ मार्चसम्म राखेको छ ।

ट्राईले भारतमा गएको वर्षको डिसेम्वरमा मोवाइल नम्वर पोर्टेबिलिटी को नयाँ नियम जारी गरेको थियो । यो नियम भारतमा गएको वर्ष १६ डिसेम्वर देखि लागू भएको थियो । यस नियमलाई ट्राईले पहिलेको भन्दा सजिलो बनाइदिएको थियो जहाँ काममा तिब्रता ल्याउनका लागी प्राथमिकता दिईएको थियो ।

ट्राईले जारी गरेको उक्त नयाँ नियमअनुसार ग्राहकहरुले आफ्नो नम्वर नबदलिकन नै एक अपरेटरबाट दोस्रो अपरेटरमा नम्बर पोर्ट गर्न सक्दछन । यो पुरा प्रोसेसका लागी हाल भारतमा मात्रै ३ दिनको समय लाग्दछ । यस नियम अघि यो कार्यको लागी भारतमा ७ दिनको समय लाग्ने गर्दथ्यो । यसको साथै एक सर्कलबाट अर्को सर्कलमा नम्वर पोर्ट गर्नको लागी ५ दिनको समय लाग्ने छ । एजेन्सी

easy care

प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार