प्रयोगकर्ताको प्राइभेट कुरा सुन्ने र गुप्तचरी गर्ने एपलाई गूगलद्धारा प्ले स्टोरबाट डिलिट

Technology Khabar ४ फाल्गुन २०७६, आईतवार

प्रयोगकर्ताको प्राइभेट कुरा सुन्ने र गुप्तचरी गर्ने एपलाई गूगलद्धारा प्ले स्टोरबाट डिलिट

काठमाडौं ।

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो सर्च इन्जिन गूगलले पपुलर म्यासेन्जिङ एप टोटोकलाई फेरि एकपटक प्ले स्टोरबाट हटाईदिएको छ । दाबीअनुसार यसलाई संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले व्यापक निगरानीको लागी प्रयोग गरिरहेको थियो । यस एपलाई यसअघि गूगल र एप्पल दुबैले डिसेम्बरमा आफ्नो प्ले स्टोरबाट हटाएका थिए ।

९टु५ गूगल रिर्पोटले शुक्रबार यस एपलाई इन्स्टल गरेकाहरुको डाटा सुरक्षित नरहेको बताएको थियो र यसको पछाडीको कारण यूएई सरकारले टोटोकलाई सबै प्रकारको गतिबिधिहरुमा नजर राख्ने गरेको आरोप लागेको थियो ।

यस एपमा मानिसहरुको कुराकानीदेखि उसको हरेक एक्टिभिटी जस्तो सम्बन्ध, यात्राको बिवरण आदिमा नजर राख्ने गरिन्थ्यो । यसबाहेक यसमा मानिसहरुले पठाउने फोटो तथा अन्य बिभिन्न कन्टेटहरुमा पनि नजर राख्ने गरिन्थ्यो।

गुप्तचर एजेन्सीहरुसँग परिचित अमेरिकी अधिकारीहरुका अनुसार यस एपले टेलिग्राम र सिग्नल एपको जस्तै काम गर्ने गर्दछ । यसलाई मध्यपुर्व, युरोप, एशिया, अफ्रिका र उत्तर अमेरिकामा एन्ड्रोयड र आईओएस डिभाइसमा लाखौँ पटक डाउनलोड गरिसकिएको छ ।

यस एपको र्याकिंङ्ग र रिर्सच फर्म एप एनीका अनुसार, टोटोक गएको हप्ता अमेरिकामा सबैभन्दा बढि पटक डाउनलोड भएको सोशल एपमध्ये एक रहेको थियो । एजेन्सी

easy care

प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

ताजा समाचार