कलर आईडी सेवा प्रदायक ट्रूकलरका मासिक प्रयोगकर्ता २० करोड नाघे

Technology Khabar २२ माघ २०७६, बुधबार

कलर आईडी सेवा प्रदायक ट्रूकलरका मासिक प्रयोगकर्ता २० करोड नाघे

काठमाडौं ।

काठमाडौं । विश्वको सबैभन्दा ठूलो कलर आइडेन्टिफिकेसन सर्भिस प्रोभाइडर ट्रूकलरका प्रयोगकर्ताहरु २० करोड नाघेका छन् । कम्पनीले मंगलबार आफ्ना सक्रिय मासिक प्रयोगकर्ताहरुको संख्या २० करोड नाघेको जानकारी दिँदै नाफामा जानसकिने प्रमाणित भएको बताएको छ ।

भारत ट्रूकलरको सबैभन्दा ठूलो बजार हो, जहाँ १५ करोड भन्दा बढि सक्रिय मासिक ट्रूकलर यूजर्सहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

स्विडिस फर्म ट्रूकलरका २० करोड प्रयोगकर्ताहरुका साथमा यो क्षेत्रको नेतृत्वदायी सेवा प्रदायक भएको छ, जसको प्रतिस्पर्धी सियाटलमा आधारित हियाका प्रयोगकर्ताहरु गत अक्टोबरमा १० करोड मात्र पुगेका थिए ।

तर आफ्नो प्रतिस्पर्धीहरुको जस्तै ट्रूकलरले पनि आफ्नो मुख्य सेवाहरु कलर आईडी र स्पाम मनिटरींग सर्भिसबाहेक अन्य सेवाहरु समेत बिस्तार गरेको छ । हालैका वर्षहरुमा कम्पनीले मेसेजिङ्ग र पेमेन्ट सर्भिसहरु केहि बजारमा लन्च गरेको थियो । यी दुबै सेवाहरु नाफामुलक भएको कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी एलन मामेडीले भने ।

हाल भारतमा मात्र उपलब्ध आफ्नो मेसेजिंग सेवा र पेमेन्ट सेवाहरु छिटै अफ्रिकी देशहरुमा बिस्तार गर्ने कम्पनीले योजना लिएको छ । भारतमा ट्रूकलरले केहि साताभित्रै लेन्डिङ्ग सर्भिस शुरु गर्ने योजना लिएको छ ।

पछिल्लो चौमासिकमा ट्रूकलर नाफामा गएको छ जसमा आधा भन्दा धेरै आम्दानी कम्पनीले यूजर्सलाई देखाएको विज्ञापनबाट आर्जन गरेको हो । तर ममेडीकाअनुसार सब्सक्रिप्सनमा आधारित सेवा जसले विज्ञापन रोक्नेसहितका अनेकौं फीचरहरु उपलब्ध गराउँछ सो पनि वृद्धि हुँदै गएको छ । जून हाल ट्रूकलरको कुल आम्दानीको करिब ३० प्रतिश हुने उनको भनाई छ ।

भारतमा प्रिमियम अफरहरु ७० अमेरिकी सेन्टमा उपलब्ध गराईरहेको कम्पनीले अमेरिकामा भने सोहि सेवाको लागि २.९९ डलर तोकेको छ । टेकक्रन्चबाट

easy care

प्रकाशित: २२ माघ २०७६, बुधबार

ताजा समाचार