शाओमीको फोल्डेवल फोन सर्टिफिकेशन साइटमा देखियो, डुअल क्यामरा सेटअप रहने

Technology Khabar २१ माघ २०७६, मंगलवार

शाओमीको फोल्डेवल फोन सर्टिफिकेशन साइटमा देखियो, डुअल क्यामरा सेटअप रहने

काठमाडौं ।

काठमाडौं । शाओमीले गएको वर्ष कयौँ फोल्डेवल फोनको डिजाइन पेटेन्ट गरेको थियो । कम्पनीको कन्सेप्ट फोनको झलक पनि गएको वर्ष देखिएको थियो जुन निकै कूल डिजाइनको थियो ।

हाल कम्पनीको फोल्डेवल फोनको डिजाइन बारे जानकारी सार्वजनिक भएको छ । यो पेटेन्ट चाइनीज सर्टिफिकेशन साइट सीएनआईपीए मा देखिएको हो । यस डिजाइनलाई हेर्दा यो फोन एमआइ फोल्ड र एमआइ मिक्स फोल्ड हुनसक्ने देखिएको छ । यसको डिजाइन ह्वावे मेट एक्सको जस्तै रहेको छ ।

यस फोनको इमेजबाट फोनमा फ्लेग्जिबल स्क्रिन र ठुलो हिन्ज इनर साइड हुन सक्ने देखिन्छ । हिन्जको मदतबाट फोनलाई होरिजन्टल्ली फोल्ड गर्न सकिने छ । यस फोन कव्र्ड डिस्प्ले र साइड बार डुअल क्यामरा एलईडी फ्ल्यासमा रहेको हुनेछ । यद्पी हाल फोनको क्यामरा मोड्युल नोचमा वा अन्डर डिस्प्ले कहाँ हुने छ भन्ने कुरा अझै प्रस्ट भएको छैन ।

एमआई मिक्स फोल्ड ट्यावलेट साइजको स्क्रिनमा आउने छ । यस बाहेक ह्यान्डसेटमा डुअल क्यामरा सेटअप रहने छ, जसले फ्रन्ट क्यामराको पनि काम गर्नेछ । यसको सहायतमा सेल्फी र भिडियो कलिंग गर्न सकिने छ । यस स्मार्टफोन शाओमी कस्टम एन्ड्रोएड स्किन एमआईयूआई मा काम गर्ने छ । यस बाहेक यस फोनमा मल्टि एक्टिभ विन्डोज सर्पोट पनि हुने छ ।

यद्पी हाल एमआई मिक्स फोल्डको विशेषताहरुको कुनै जानकारी सार्वजनिक भएको छैन् । तर यस फोनलाई क्वालकम स्नापड्रयागन ८६५ एसओसीसँगै पेश गरिने आशा गरिएको छ । गएको वर्ष कम्पनीले एमआई मिक्स अल्फामा स्नापड्रयागन ८५५ एसओसी प्रयोग गरेको थियो । यसर्थ कम्पनीले यस नयाँ फोनमा नयाँ फ्ल्यागशिप चिपसेट प्रयोग गर्न सक्ने देखिन्छ । एजेन्सी

easy care

प्रकाशित: २१ माघ २०७६, मंगलवार

ताजा समाचार