स्मार्टफोन ब्राण्ड रियलमीको स्मार्टवाच छिटै सार्वजनिक हुँदै, रियलमी ब्यान्ड नाममा आउने

Technology Khabar ११ माघ २०७६, शनिबार

स्मार्टफोन ब्राण्ड रियलमीको स्मार्टवाच छिटै सार्वजनिक हुँदै, रियलमी ब्यान्ड नाममा आउने
सांकेतिक

काठमाडौं ।

काठमाडौं । रियलमीले भारतमा चाँडै नै आफ्नो स्मार्टवाच सार्वजनिक गर्न सक्ने भएको छ । अहिले रियलमीको चर्चित स्मार्टवाचलाई इन्डोनेशियाको ट्रेडमार्क सर्टिफिकेसन फाइलिङ वेबसाइटमा स्पट गरिएको छ ।

हाल रियलमी स्मार्टवाचको बारे धेरै जानकारी भने सार्वजनिक भएको छैन् । यदपी स्पट गरिएबाट कम्पनीले एक नयाँ क्याटोगरीको डिभाइसलाई तयार गर्दैछ भन्ने जान्न सकिन्छ ।

सर्टिफिकेशन फाइलिंगकाअनुसार, रियलमी स्मार्टवाचलाई रियलमी ब्यान्ड नाम दिईएको छ । यस डिभाइसलाई कम्पनीले स्मार्टफोन वा फिटनेस कुन क्याटागारीमा राखेको छ भन्ने कुरा स्पष्ट छैन् । यस डिभाइसको मोडल नम्वर आरएमए१८३ रहेको छ । यसबाहेक प्रोडक्टको बारेमा अन्य केहि जानकारी आएको छैन ।

त्यसैगरी रियलमीले आफ्नै कम्पनी ब्राण्डमा टिभी पनि ल्याउने तयारी गरिरहेको चर्चा छ। यस महिनाको शुरुवातमा रियलमीका सिएमओ ले रियलमी टिभीलाई २०२० को अन्त्य सम्ममा लन्च गरिसक्ने जनाएका थिए । लन्च पश्चात यसको प्रतिस्पर्धा शाओमीको एमआई टिभी लाइनअपसँग हुनेछ । स्मरण रहोस रियलमी एक स्मार्टफोन मेकर कम्पनी हो । एजेन्सी

easy care

प्रकाशित: ११ माघ २०७६, शनिबार