मोबाइल गेम पबजी खेल्दै गर्दा भारतमा एक युवकको मृत्यु

Technology Khabar ७ माघ २०७६, मंगलवार

मोबाइल गेम पबजी खेल्दै गर्दा भारतमा एक युवकको मृत्यु

काठमाडौं ।

काठमाडौं ।  लोकप्रिय मोबाइल गेम पबजी खेल्दै गर्दा हार्ट अट्याकको कारणले भारतका एक युवकले ज्यान गुमाएका छन् ।

हालै आएको समाचारअनुसार पबजी खेल्दै गर्दा २७ वर्षीय भारतीय युवकको मृत्यु भएको हो । खबरअनुसार गएको बिहिबार पबजी खेल्दै गर्दा भारत पुने रवेटमा बस्ने हर्शल देवीदासलाई हार्ट अट्याक आएको र नजिकैको ओजस मल्टिस्पेसीलीटी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ बाट डाक्टरहरुले यशवन्त राव चौवन हस्पीटलमा रेफर गरिदिएका थिए, जहाँ उपचारका क्रममा शुक्रवार हर्शलको मृत्यृ भएको हो ।

डाक्टरहरुलाई उदृत गदै प्रहरीले हर्शलको नर्भस सिस्टममा स्ट्रेच आएको कारणले उसलाई हार्ट अट्याक आएको र उक्त अट्याक नै मृत्युको कारण रहेको जनाएको छ । हर्शलको परिवारजनका अनुसार हर्शललाई हार्ट अट्याक पबजी खेल्दै गर्दा आएको थियो । नर्भस सिस्टममा स्ट्रेचको कारण ब्रेनको टिश्युमा ब्लिडिङ हुनलाग्यो र जसबाट उसको मृत्यु हुन पुग्यो प्रहरी रिर्पोटमा भनिएको छ ।

हर्शलले आफ्नो पढाइलाई दस कक्षासम्म मात्र निरन्तरता दिएका थिए र उनको बाबु पेसाले एक किसान हुन् । हर्शलका दुई भाई र एक बहिनी रहेका छन् । उनी दुई बर्ष पहिले हाउसकिपीङको काम गर्दथे । तर पछिल्लो दुई वर्षदेखी उनी काममा नगई घरमै बसेर पबजी खेल्ने गरेको परिवारले जनाएको छ । एजेन्सी

easy care

प्रकाशित: ७ माघ २०७६, मंगलवार