जब फेसबुकले चिनियाँ राष्ट्रपतिको नामको रुपान्तरण अश्लिल शब्दमा गर्यो…

Technology Khabar ५ माघ २०७६, आईतवार

जब फेसबुकले चिनियाँ राष्ट्रपतिको नामको रुपान्तरण अश्लिल शब्दमा गर्यो…

काठमाडौं ।

काठमाडौं । फेसबुक इंकले चिनियाँ राष्ट्रपति शी जीनपिङ्गको नामको रुपान्तरणमा अर्थ गलत लागेकोमा माफी मागेको छ ।

फेसबुकले हाल बर्माको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपतिको नाम अंग्रेजीमा ट्रान्सलेट गर्दा अश्लिल शब्द आएपनि सो विवाद उत्पन्न भएको हो । सो घट्नामा फेसबुकले माथि मागेको छ भने त्यस्तो प्राविधिक गल्ती पुन नदोहोरीने बताएको छ ।

यसअघि बर्माकी स्टेट काउन्सिलर आंग सान सु कीको आधिकारीक फेसबुक पेजमा राखिएको भ्रमण सम्बन्धि जानकारीहरु र चिनियाँ राष्ट्रपतिको नाम अंग्रेजीमा ट्रान्सलेट गर्दा ‘मिस्टर शिटहोल’ भएको थियो ।

यो कसरी भयो भन्ने अझै स्पष्ट छैन तर गूगलको ट्रान्सलेसनमा भने यो समस्या देखिएको थिएन्।

हामीले सो प्राविधिक विषयलाई समाधान गरिसकेका छौं, जून बर्मिजबाट अंग्रेजीमा ट्रान्सलेट गर्दा फेसबुकमा गलत भएको थियो । यो हुन नहुने थियो र हामीले यस्तो नहोस भनेर थप कदम चालेका छौं, फेसबुकले भनेको छ ।

फेसबुकको बर्मिज डाटाबेसमा चिनियाँ राष्ट्रपति शीको नाम थिएन र यसले अनुमानको भरमा ट्रान्सलेसन गरेको कम्पनीले उल्लेख गरेको छ ।

फेसबुकलाई चीनमा प्रतिबन्धित छ तर यो हंगकंगलगातका अन्य स्थानहरुमा भने खुला रहेको छ । फेसबुकले अमेरिकापछि सबैभन्दा धेरै आम्दानी चीनबाट गर्ने गरेको छ । रोयटर्स

easy care

प्रकाशित: ५ माघ २०७६, आईतवार