Technology Khabar २७ पुष २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने खुशीको खबर छ । कम्पनीले आफ्ना केहि आइफोन मोडलहरुका लागि ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम शुरु गरेको छ ।
कम्पनीले सन् २०१८ मा लन्च गरेका आइफोनहरु जसमा आइफोन एक्सआर, आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स मोडलहरुमा सो कार्यक्रमको सुविधा उपलब्ध छन् । यी मोडका आइफोनहरुका लागि स्मार्ट ब्याट्रि केसको लागि नयाँ ब्याट्रि रिप्लेसमेन्ट कार्यक्रम ल्याएको हो ।
यो कार्यक्रमअन्तरगत दुई किसिमका प्रभावित भएका ब्याट्रि केसका विषयहरुलाई सम्बोधन गरिनेछ । पहिलो कारणमा केसको ब्याट्रि चार्जिंग नभएको वा बेलाबेलामा मात्र चार्जिंग हुने गरेको छ भने अर्को कारणमा केसले आइफोनलाई चार्ज नै गर्न नसकेको वा बेलाबेलामा मात्र आइफोनलाई चार्ज गरिरहेको ईस्यू लिईएको छ ।
यो नियम सन् २०१९ जनवरीदेखि २०१९ अक्टोबर महिनाभित्र उत्पादन गरिएका केसहरुका लागि लागि गरिएको छ । त्यसैले सो बिचमा उत्पादन गरिएका केसहरु प्रयोग गर्ने आईफोन प्रयोगकर्ताहरुमा मात्र सो कार्यक्रमका लागि छनौट हुनेछन् । त्यस्ता समस्या भएका प्रयोगकर्ताहरुले निशुल्करुपमा ब्याट्रि परिवर्तन गर्न पाउनेछन् ।
ग्राहकहरुले यसको लागि एप्पलको आधिकारीक सर्भिस दिने कम्पनी, एप्पल सपोर्ट वा एप्पल स्टोरमा सम्पर्क गर्न सक्ने बताईएको छ ।
एप्पलको स्मार्ट ब्याट्रि केस रिप्लेसमेन्ट प्रोग्राम विश्वभर लागू भएको जनाएको छ ।
प्रकाशित: २७ पुष २०७६, आईतवार