एप्पलको आगामी आइफोनहरुमा चिनियाँ कम्पनी बिओईका ओएलईडी स्क्रीन प्रयोग हुने

Technology Khabar १४ पुष २०७६, सोमबार

एप्पलको आगामी आइफोनहरुमा चिनियाँ कम्पनी बिओईका ओएलईडी स्क्रीन प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । एलसिडि डिस्प्ले मेकर कम्पनी बिओईले विभिन्न टेक कम्पनीहरुका लागि आवश्यक पर्ने डिस्प्लेहरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले अधिक मात्रामा एलसिडि उत्पादन गर्ने र न्यून नाफा आर्जन गर्दै आएको छ ।

अब भने कम्पनीले ओएलईडि फ्लेक्सिबल प्यानलहरुमा आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ ।

चिनियाँ उत्पादकले ओएलईडी बजारको बढ्दो मागलाई सम्बोधन गर्न र सामसंग, एलजीजस्ता ठूला कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

यसैबिचमा बिओईले मेट २० सिरिजको लागि डिस्प्ले प्यानल बनाउने सम्झौता हासिल गरेको थियो भने केहि कम्पनीहरु सस्तो ओएलईडी डिस्प्लेको खोजी गरिरहेका छन् ।

हालै आएको रिपोर्टअनुसार चिनियाा डिस्प्ले निर्माता कम्पनी बिओईले एप्पलको आगामी वर्षको आईफोनको लागि ओएलईडि स्क्रीन आपूर्ति गर्नेछ । रिपोर्टअनुसार सामसंगको ओएलईडीसँगै बिओईले पनि डिस्प्ले आपूर्ति गर्नेछ । एप्पलको आवश्यकता पूर्ति गर्नका लागि बिओईले सन् २०२० देखि आपूर्तिकर्ताको रुपमा हुनेछ ।

उत्तर कोरियाली विश्लेषकहरुकाअनुसार सन् २०२१ मा बिओईले ४ करोड ५० लाख ओएलईडी प्यानल आइफोनका लागि आपूर्ति गर्नेछ । उता सामसंगले भने प्रमुख आपूर्तिकताको रुपमा रहेको छ तर सामसंगको अर्डर भने २३ करोड बाट घटेर १५ करोडमा आउनेछ ।

केहि महिना अघि मात्रै एप्पलले बिओईको डिस्प्ले आफ्नो आउँदो आइफोनहरुको लागि परीक्षण गरिरहेको रिपोर्ट आएको थियो । र नयाँ समाचारअनुसार सो परीक्षण सकारात्मक भएको अनुमान गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: १४ पुष २०७६, सोमबार