एप्पलका सफ्टवेयरहरुमा भएका कमजोरी पत्ता लगाउनुहोस्, १७ करोड रुपैयाँ पुरस्कार जित्नुहोस्

Technology Khabar ५ पुष २०७६, शनिबार

एप्पलका सफ्टवेयरहरुमा भएका कमजोरी पत्ता लगाउनुहोस्, १७ करोड रुपैयाँ पुरस्कार जित्नुहोस्

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले आफ्ना सफ्टवेयरहरुमा भएको कमजोरी पत्ता लगाउनेलाई दिने पुरस्कार कार्यक्रम सबैको लागि खुला गरेको छ । कम्पनीले गएको अगस्टमा घोषणा गरेको ‘बग बाउन्टी प्रोग्राम’ मा सबै ईच्छुक सहभागी हुनसक्नेछन्, जसमा अधिकतम १५ लाख डलरसम्म अर्थात करिब १७ करोड २५ लाख रुपैयाँको पुरस्कार राखिएको छ ।

यसअघि आमन्त्रितहरुलाई मात्र सहभागी गराईने यो कार्यक्रममा अब भने सबैलाई सहभागी गराईने भएको छ । कम्पनीले यो पटक बग बाउन्टी प्रोग्रामको रकममा पनि उल्लेख्य वृद्धि गरेको छ । जसले गर्दा सेक्यूरिटी कमजोरी पत्ता लगाउनेहरुले अधिक रकम कमाउन सक्नेछन् ।

यो प्रोग्रामअन्तरगत एप्पलका सार्वजनिकरुपमा उपलब्ध पछिल्ला भर्सनका आईओएस, आइप्याड ओएस, म्याकओएस, टिभीओएस अथवा वाच ओएसमा स्ट्याण्डर्ड कन्फिगरेसनसहित जुन पछिल्ला सार्वजनिकरुपमा उपलब्ध हार्डवेयरहरुमा भएका कमजोरी पत्ता लगाउनुपर्नेछ ।

यस्तो कमजोरी कम्पनीलाई पहिले जानकारी दिनुपर्नेछ भने अपडेट नआएसम्म त्यसलाई सार्वजनिक गर्न पाईने छैन् । कमजोरी अनुसन्धान गर्ने व्यक्तिले स्पष्टरुपमा रिपोर्ट दिनुपर्नेछ भने कम्पनीले नयाँ सेक्यूरिटी एडभाइजरी नदिएसम्म सार्वजनिक गर्न पाईने छैन् ।

एप्पलले यो प्रोग्राममा अधिकतम दिईने रकमसहितको रेट कार्ड समेत प्रकाशित गरेको छ जसमा १ लाख डलरदेखि १० लाख डलरसम्म रहेको छ । यसबाहेक ५० प्रतिशत बीटा बोनससहित यो रकम १५ लाख डलरसम्म अर्थात करिब १७ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

एप्पलले बग बाउन्टी प्रोग्राम ल्याउनुको उद्धेश्य आफ्ना ग्राहकहरुलाई जोखिमहरुबाट सुरक्षित गराउनु रहेको बताएको छ ।

easy care

प्रकाशित: ५ पुष २०७६, शनिबार