आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै, रकेटदेखि ड्रोन र सफ्टवेयरलगायत प्रदर्शनमा

Technology Khabar २६ मंसिर २०७६, बिहीबार

आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै, रकेटदेखि ड्रोन र सफ्टवेयरलगायत प्रदर्शनमा

काठमाडौं ।

काठमाडौं। लिभिङ विथ आइसिटीले आउँदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गर्ने भएकोछ ।  स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवद्धन, प्रचार र रिकग्नाइज गर्ने उदेश्य सहित आयोजना हुने कार्यक्रममा ५० बढि स्टहरु रहनेछन ।

विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक काठमाडौंमा आयोजना गरिएको आयोजकले बताएको छ । यसअघि गत बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेसनमा केन्दि«त नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्पर्धासमेत हुनेछ । नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडौंको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ । प्रदर्शनीमा १० हजारबढिले अवालोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ । दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्प्रधामा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई निशुल्क गरिएको छ ।

यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

easy care

प्रकाशित: २६ मंसिर २०७६, बिहीबार