इन्टरनेट गर्भनेन्स फोरमको ‘म्याग सदस्य’मा नेपालबाट दोस्रो पटक आनन्द राज खनाल नियुक्त

Technology Khabar १० मंसिर २०७६, मंगलवार

इन्टरनेट गर्भनेन्स फोरमको ‘म्याग सदस्य’मा नेपालबाट दोस्रो पटक आनन्द राज खनाल नियुक्त
फाइल

काठमाडौं ।

काठमाडौं । इन्टरनेट गर्भनेन्स फोरम(आईजीएफ)को म्यागमा नेपालको तर्फबाट आनन्द राज खनाल पुनः सदस्यको रुपमा नियुक्त भएका छन् ।

उनी नेपाल दूरसंचार प्राधिकरणको तर्फबाट म्याक (मल्टिस्टेकहोल्डर एडभाइजरी ग्रुप) मेम्बरको रुपमा संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट २०२० का लागि सदस्य भएका हुन् । यसअघि पनि उनले सोहि फोरममा म्याग मेम्बरको रुपमा काम गरिसकेका छन् ।

आईजीएफमा सरकारी, गैर सरकारी, प्राइभेट सेक्टर, नागरिक समाज, प्राविधिक समाजलगायतबाट सदस्यको रुपमा नियुक्त गर्ने गरिन्छ ।

५५ सदस्यीय सो ग्रुपले संयुक्त राष्ट्र संघका महासचिवलाई इन्टरनेट गर्भनेन्स फोरमको कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्दछ ।

easy care

प्रकाशित: १० मंसिर २०७६, मंगलवार

ताजा समाचार