नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

Technology Khabar ५ मंसिर २०७६, बिहीबार

नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

काठमाडौं ।

काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० औं ५जी नेटवर्क सम्झौता गरेको छ ।

नोकियाले यसअघि नै विश्वभर ५जी नेटवर्कमा १६ वटा नेटवर्कलाई लाइभ गरिसकेको छ ।

डोकोमोसँगको सम्झौतामार्फत नोकियाले आइल्याण्ड अफ दि मरिआनाजमा इन्टरप्राइजेज ग्राहकहरुलाई व्यवसायीक ५जी सेवाहरु उपलब्ध गराउने छ ।

त्यसैगरि स्पार्कको ५जी अपग्रेडको लागि रेडियो एक्सेस नेटवर्क(र्यान) उपकरणको आपूर्तिकर्ताको रुपमा नोकियाले विभिन्न २०० भन्दा बढि साइटहरुमा एयरस्केल र्यान प्लेटफर्म लगाउने छ ।

easy care

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार