सूचना प्रविधिमा आधारित टुटल, पठाओलगायतले यात्रु बोकेमा कारबाही गर्ने सरकारको चेतावनी

Technology Khabar ४ मंसिर २०७६, बुधबार

सूचना प्रविधिमा आधारित टुटल, पठाओलगायतले यात्रु बोकेमा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं ।

काठमाडौं । सूचना प्रविधिको प्रयोगमार्फत निजी सवारी प्रयोग गरेर यात्रु ओसार पसार गर्ने कम्पनीहरुलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारी साधनले सार्वजनिक प्रयोगमार्फत यात्रुलाई ओसार पसार नगराउन चेतावनी दिएसँगै यस्ता कम्पनीहरु कारबाहीमा पर्ने देखिएका छन्।

यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै निजी सवारीले भाडाका यात्रु बोकेमा कारबाही गर्ने चेतावनी दिएको हो ।

विभागको सार्वजनिक सूचनाअनुसार अबदेखि एपमा आधारित भएर सेवा दिँदै आएका टुटल, पठाओलगायतका कम्पनीमार्फत मोटरसाइकल तथा चारपांग्रेमा यात्रु बोक्नेहरु कारबाहीमा पर्नेछन् । उनीहरुले कानून बिपरीतको कार्य गरेमा तत्काल कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ ।

विभागकाअनुसार निजी प्रयोजनको लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारी साधनहरु भाडामा लिई यात्रु ओसारपसार गर्न प्रयोग गरेको भन्ने जनगुनासो प्राप्त भएको र सोहि आधारमा विभागले कानूनको उल्लंघन गरि निज सवारी साधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग वा संचालन भएको बाईएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

easy care

प्रकाशित: ४ मंसिर २०७६, बुधबार