उर्जा बचत कार्य गरेवापत राष्ट्रिय वाणिज्य बैंकले दियो शिवम सिमेन्टलाई १ करोड अनुदान रकम

Technology Khabar ३० कार्तिक २०७६, शनिबार

उर्जा बचत कार्य गरेवापत राष्ट्रिय वाणिज्य बैंकले दियो शिवम सिमेन्टलाई १ करोड अनुदान रकम

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्र्तगत शिवम सिमेन्ट लिमिटेडलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार एक करोड रुपैंयाको अनुदान सहयोग रकमको चेक बिहिबार एक समारोहका बिच हस्तान्तरण गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गरे ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइने बैंकले जानकारी दिएको छ।

easy care

प्रकाशित: ३० कार्तिक २०७६, शनिबार

ताजा समाचार