फेसबुकले ३ अर्बभन्दा बढि फेक एकाउन्ट हटायो, लाखौं बाल दूव्र्यवहारका पोष्ट डिलिट गर्यो

Technology Khabar २८ कार्तिक २०७६, बिहीबार

फेसबुकले ३ अर्बभन्दा बढि फेक एकाउन्ट हटायो, लाखौं बाल दूव्र्यवहारका पोष्ट डिलिट गर्यो

काठमाडौं ।

काठमाडौं । फेसबुक इंकले यो वर्षको अप्रिलदेखि सेप्टेम्बर महिनाको बिचमा ३.२ बिलियन अर्थात ३ अर्ब २० लाख फेक एकाउन्टहरु हटाएको छ । फेसबुकले हटाएका त्यस्ता एकाउन्टहरुमा लाखौंको संख्यामा बाल दूव्र्यवहार र आत्महत्याका विषयवस्तुहरु रहेको कम्पनीले हालै जारी गरेको रिपोर्टमा बताईएको छ ।

अहिले फेसबुकले हटाएको फेक एकाउन्ट अर्थात नक्कली एकाउन्टको संख्या गत वर्षको सोहि अवधिको तुलनामा दोब्बरले बढि हो । रिपोर्टअनुसार गत वर्ष सोहि अवधिमा १ अर्ब ५५ लाख एकाउन्टहरु हटाईएका थिए ।

विश्वको सबैभन्दा ठूलो समाजिक संजालले पहिलोपटक फेसबुक बाहेक इन्टाग्रामबाट पनि पोस्टहरु हटाएको जानकारी दिएको छ । फोटो शेयरिंग एप इन्स्टाग्राममा निरन्तर भ्रामक समाचारहरु आउने क्रम बढिरहेको अनुसन्धाकर्ताहरुले बताउँदै आएका थिए ।

कम्पनीले इन्टाग्राममा कन्टेन्टको दूरुपयोगलाई नियन्त्रण गर्न विभिन्न किसिमका डिटेक्सन टूल्स प्रयोग गरिरहेको जानकारी समेत दिएको छ ।
फेसबुकले सो अवधिमा ११ करोड ६० हजार बाल नग्नता र बाल यौन दूव्र्यवहारका कन्टेन्टहरु हटाएको छ भने सोहि अवधिमा इन्स्टाग्रामले ७ लाख ५४ हजार पोस्टहरु हटाएको छ ।

फेसबुकले पहिलो पटक आफ्नो डाटा रिपोर्टमा सेल्फ हार्म अर्थात आत्मघाती कदमलाई रोक्नका लागि त्यस्ता कन्टेन्टहरु समेत हटाएको बताएको छ । सो अवधिमा आत्मघाती आक्रमण वा आत्महत्यालाई प्रबद्र्धन गर्ने किसिमका २५ लाख पोस्टहरुलाई डिलिट गरेको थियो ।

त्यसैगरि कम्पनीले ४४ लाख ड्रग सेल्सको पोस्टहरु पनि सो अवधिमा हटाएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार